२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा



अ+ अ-

एजेन्सी । संयुक्त राज्य अमेरिकाले बिहीबार काश्मीरमा अप्रिलमा भएको आक्रमणका लागि दोषी ठहराइएको एक रहस्यमय समूहलाई आतङ्कवादी घोषणा गरेको छ । ती आतङ्कवादीहरूले गरेको आक्रमणले दशकौँमा भारत र पाकिस्तानबीच सबैभन्दा खराब द्वन्द्वलाई जन्म दिएको थियो ।

विदेशमन्त्री मार्को रुबियोले द रेजिस्टेन्स फ्रन्ट (टिआरएफ)लाई पाकिस्तानमा आधारित संयुक्त राष्ट्रसङ्घद्वारा नामित आतङ्कवादी समूह लश्कर–ए–तैयबा ९एलइटी० को ‘फ्रन्ट र प्रोक्सी’ का रूपमा वर्णन गर्नुभएको छ ।

“आतङ्कवादी नामकरणले हाम्रो राष्ट्रिय सुरक्षा हितहरूको रक्षा गर्न, आतङ्कवाद विरुद्ध लड्न र पहलगाम आक्रमणको न्यायका लागि राष्ट्रपति ९डोनाल्ड० ट्रम्पको आह्वानलाई कार्यान्वयन गर्न ट्रम्प प्रशासनको प्रतिबद्धता प्रदर्शन गर्छ”, रुबियोले विज्ञप्तिमा भन्नुभयो ।

विभाजित काश्मीरको भारत प्रशासित क्षेत्रको पर्यटकीय केन्द्र पहलगाममा अप्रिलमा बन्दुकधारीहरूले लगभग सबै हिन्दूसहित २६ जनाको गोली हानी हत्या गरेका थिए ।

बाँचेका व्यक्तिहरूले पत्रकारहरूलाई बन्दुकधारीहरूले महिला र बच्चाहरूलाई अलग गरेको र केही पुरुषलाई मुस्लिम आस्थाको घोषणा गर्न आदेश दिएको बताए ।

भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशङ्करले शुक्रबार वासिङ्टनको कार्य ‘भारत–अमेरिका आतङ्कवाद विरोधी सहयोगको बलियो पुष्टि’ भएको बताउनुभएको छ ।

पहलगाम आक्रमणको सुरुमा जिम्मेवारी लिएको टिआरएफको बारेमा पहिले थोरै मात्र थाहा थियो । तर हत्यालाई लिएर सार्वजनिक आलोचना बढ्दै जाँदा समूहले आफ्नो दाबी फिर्ता लिएको थियो ।

भारतले टिआरएफलाई आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरेको छ र भारतस्थित अब्जर्भर रिसर्च फाउन्डेसन थिङ्क ट्याङ्कले यसलाई ‘स्मोकस्क्रिन र एलइटीको अफसुट’ भनेको छ ।

नयाँदिल्लीले पाकिस्तानमाथि आक्रमणलाई समर्थन गरेको आरोप लगाएको छ । उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गरेको छ ।

पहलगाम हिंसाले दुई छिमेकीबीच चार दिनसम्म चलेको लडाइँलाई उक्साएको थियो । उक्त लडाइँमा दुवै पक्षका ७० जनाभन्दा बढी मानिस मारिएका थिए । यो सन् १९९९ पछिको सबैभन्दा खराब गतिरोध थियो ।