१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजालाई हरेक शहरपिच्छे दरबार चाहिए जस्तै राष्ट्रपति र प्रधानमन्त्रीलाई स्वागत गर्न किन चाहियो राजदुत ? : सांसद गिरि



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले कुटनीति सम्बन्ध कायम गर्ने विषयमा सरकारले बुद्धिमता पुर्वक काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । 

प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै उहाँले सरकारले राजदुत नियुक्तिलाई आफ्ना कार्यकर्ता पाल्ने अस्त्र बनाएका कारण कुटनीतिको क्षेत्रमा सरकार कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो । उहाँले कुटनीतिक सम्बन्ध स्थापित गर्नेमा गम्भीर बन्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले विदेशमा फुजलका राजदुताबास नबनाउन र कुटनीतिबारे प्रधानमन्त्रीलाई सही सल्लाहा दिन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीमा दक्षता भएपनि सल्लाहाकार ठिक नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “विदेश नितीमा आईरहेका समस्या । एमएमसिको विवाद छ । रोड एण्ड बेल्डका बारेमा राय बनाउनुपर्ने छ । हामीले भर्रखरै हिन्दुस्थानमा मेघनाथले हनुमानलाई अथवा रामले रावणलाई प्रयोग गरे जस्तै अस्त्र प्रयोग गरेका छौ । वायोशास्त्र ÷नक्सास्त्र । अब हामीले प्रयोग गरेको नक्सास्त्रलाई विफल हुन नदिन कुटनीति अपरानुपर्ने हुन्छ । के त्यसबारेमा हाम्रो मन्त्रालय सजग छ ? त्यसमा हामीलाई म्याड्रिडको राजदुतावासले कुनै सहयोग गर्न सक्छ ? डेनमार्कको राजदूतावासले सहयोग गर्न सक्छ ? गरे बरु वेईजिङले नै गर्ला ध्यान पुर्याउनुहोस् यदि तपाईलाई अगाडि बढ्नु छ भने । होइन भने हिन्दुस्थानसंग लेनदेन गरेर बदलिदो परिस्थितिमा गणतान्त्रिक ढंगले निर्णय गर्नुहोस् । राजा महेन्द्रले जस्तो सुटुक्क एउटा चिठि पाएर एकातिर कामगर्ने अर्को तिर अग्रभाषण गर्ने काम नगर्नुहोस् । ”

उहाँले दुताबासमा हुने अनावश्यक खर्च कटौति गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “परराष्ट्रमा नियोग चलाउँदा हामीले भूगोल हेर्नुपर्छ । हाम्रो मुलुकलाई आवश्यक पर्ने देश कसैले मन पराएपनि नपराए पनि हिन्दुस्थान हो , चीन हो । त्यसपछि छ भने अमेरिका हो । राजालाई हरेक शहरपिच्छे दरबार चाहिए जस्तै अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन । खर्च कटौति गर्नुहोस् ।”

चीन, अष्ट्रेलिया लगायत मुलुकमा बन्दै गरेका नेपाली दुताबासका लागि सरकारले ठूलो बजेट छुट्याएको तर विदेशमा रहेका श्रमिकलाई उद्धार गर्न न्यून बजेट विनियोजन गरिएको भन्दै उहाँले  दुताबासका भवन निर्माणको तुलना विदेशीन बाध्य भएका मजदुरसंग तुलना गर्न नसकिने तर्क गर्नुभयो । विदेशमा नेपालका दुईवटा दुतावास मात्रै नभएको भन्दै उहाँले ३० वटा दुताबास मध्येबाट कुन मापदण्डबाट दुईवटा दुताबास र काठमाण्डौमा भवन निर्माण गर्ने निर्णय गरियो ? भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “सिंगो सरकारको आर्थिक दृष्टिकोण , कुन विचारधारमा हिडेका छौ । के छ हाम्रो दर्शन ? म सोध्न चाहन्छु परराष्ट्रमन्त्रीलाई विदेशका ती नियोगमा हामी कति व्यापार गर्छौ ? कति नोक्सानी भईरहेको छ । तीनलाई हामी किन चलाईरहेका छौ ? मलाई थाहा छ परराष्टनीतिका बारेमा हाम्रो देश चलाउने व्यक्तिलाई अत्यन्तै कम चासो छ र कम जानकारी छ । म आरोप लगाउन चाहन्छु ।