२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाद्वारा पार्टीको हितविपरीत हुने कुनै क्रियाकलाप नगर्न आग्रह



अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टीका सबै तहका नेता तथाकार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हितविपरीत हुने गरी कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

आज राप्रपाको केन्द्रीय अनुशासन समितिका अध्यक्ष एवं पार्टीका वरिष्ठ नेता उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको हितविपरीत हुने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले एक प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी दिनुभयो ।

“बैठकले पार्टीको नीति, विचार, सिद्धान्त र बृहतर हितविपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यममा लिखित वा मौखिक रूपमा कुनै पनि किसिमको अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै क्रियाकलाप नगर्न/नगराउन हुन पार्टीका सबै तहका नेता तथा  कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछ”, प्रवक्ता श्रेष्ठद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ । रासस