१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोजेटिभ आएपछि पाँचजना पक्राउ



अ+ अ-

महोत्तरी । कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट शनिबार  पोजेटिभ आएपछि उनीहरुलाई घरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वडा नं ७ मा अवस्थित यालना विद्यापिठको क्वारेन्टिनमा बस्दै आएका मटिहानी नपा–७ बस्ने २१ वर्षीय पुरुष, ८ बस्ने १८ वर्षीय पुरुष, लक्ष्मीनारायण माविको क्वारेन्टिनमा बस्दै आएका वडा नं ९ बस्ने २८ वर्षीय दुईजना र प्रावि धिरापुरको क्वारेन्टिनमा बस्दै आएका वडा नं २ बस्ने ११ वर्षीय एकजना रहेका छन् । उनीहरुलाई तीन दिनअघि पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएको बताइएको छ । 

उनीहरुलाई जिल्ला सदरमुकाम जलेश्वरस्थित आइसोलेशनमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।