२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्ना नग्न तस्बिर लिलाम गरी कोरोनाविरुद्ध आर्थिक कोषमा रकम जम्मा गर्ने स्टार



अ+ अ-

लस एन्जल्स । हलिउड स्टार अभिनेत्री जेनिफर एनिस्टरले कोरोनाविरुद्ध आर्थिक कोषमा जम्मा गर्नका लागि आफ्ना नग्न तस्बिर लिलामको घोषणा गरेकी छन् । आफूसँग फिल्मका नग्न तस्बिर बाहिर नआएकाले ती तस्बिरले राम्रो पैसा पाउने विश्वास उनको छ । उनी कोरोना संक्रमणविरुद्धको अभियानमा छिन् । आफ्नो तर्फबाट कोरोनाविरुद्धका लागि खोलिएको कोषमा उनी धेरै पैसा जम्मा गरेर कोरोना पीडितका लागि काम गर्ने पक्षमा छिन् । यो राम्रो कामका लागि आफूले एक समयको नग्न तस्बिर लिलाम गर्न लागेको यी अभिनेत्रीले घोषणा गरेको बताएकी छन् ।

अभिनेत्री जेनिफरले सन् १९९५ मा केही नग्न तस्बिर खिचाएकी थिइन् । ती तस्बिरले अहिलो राम्रो मूल्य पाउने विश्वास यी अभिनेत्रीको रहेको छ । अभिनेत्री जेनिफरले प्रतिनग्न फोटोको दाम ६ हजार ८ अमेरिकी डलर राखेकी छन् । यी फोटा बिक्रीबारे उनले सामाजिक सञ्जालबाट आह्वान गरेकी हुन् ।

आफ्नो न्युड तस्बिरको बिक्रीबाट आएको सबै रकम कोरोना संक्रमणविरुद्धको कोषमा जम्मा गर्ने भएकाले आफ्ना नग्न तस्बिर किनेर सघाउन पनि यी अभिनेत्रीले अनुरोध गरेकी छन् । राजधानीमा खबर छ ।