२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आई. एम. ई. लाइफलाई “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४“



अ+ अ-

काठमाडौं ।  आई. एम. ई. लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा आयोजित “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट“ मेरिट अवार्ड जितेको छ ।

होटल र्याडिसनमा आयोजित समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पवन कुमार खड्का र वित्तविभाग प्रमुख (CFO) श्री जगत बहादुर बोहराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गर्नुभएको थियो । यस अवार्ड हालसम्म दुईमात्र जीवनबीमा कम्पनीले प्राप्त गरेका छन सो मध्य एक आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको छ ।

यस अवार्डले कम्पनीले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहीपन र संस्थागत सुशासनमा आधारित व्यवस्थापनको अभ्यासको कदर गरेको छ । कम्पनीले विगतदेखि नै सहभागितामुलक, समावेशी र उत्तरदायी कार्यसम्पादन गर्दै पारदर्शी सूचना सम्प्रेषण र वित्तीय अनुशासनमा विशेष ध्यान दिँदै आएको छ ।

यस उपलब्धिको लागि नियामनकारी निकाय, बीमित, सम्पूर्ण कर्मचारीप्रति कम्पनीले आभार व्यक्त गरेको छ । यस सम्मानले कम्पनीलाई अझ प्रभावकारी र जिम्मेवार जीबनबीमा कम्पनीको रूपमा अघि बढ्न प्रेरणा दिएको छ ।