२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘समाजमा सकारात्मक चेतना जगाउने कवि तथा साहित्यकार राष्ट्रका मेरुदण्ड हुन्’



अ+ अ-

काठमाडौँ। रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र जनचेतना जगाउने कवि तथा साहित्यकारहरू राष्ट्रका मेरुदण्ड भएका बताउनुभएको छ ।

आज यहाँ आयोजित कवि उमेश राईले लेख्नुभएको कवि उमेश अकिञ्चनकृत कविता कृति, सायद किनारा लोकार्पण समारोहमा उहाँले कविताका मध्यमद्वारा समाजमा सकारात्मक चेतना फैलाउने कविहरूको महत्त्वपूर्ण योगदान रहेको भन्दै प्रशंसा गर्नुभयो ।

मन्त्री राईले भन्नुभयो,“कविहरूले समाज परिवर्तनमा उल्लेख्य योगदान गर्नुभएको छ । समाजलाई शान्त बनाउने, सकारात्मक चेतना फैलाउनुका साथै कविताले देश र समाज चिनाउने गरेको छ । यसैले कवि एवं साहित्यकार समाजका ऐना पनि हुन् । उहाँहरूको योगदानको सम्मान गर्न आवश्यक छ ।”

कविता, कथा वा अन्य कुनै पनि साहित्यिक विधा मनोरञ्जनको साधन मात्र नभई चेतना र सन्देशको संयोजन गर्ने माध्यम भएको भन्दै उहाँले यस्ता सिर्जना र सर्जकलाई संस्थागत प्रोत्साहन आवश्यक रहेकामा जोड दिनुभयो ।

कवि श्रवण मुकारुङले लोकार्पित कृतिमा रहेका कवितामा जीवन, समाज, प्रेम र सङ्घर्षका गहिरा पक्ष समेटिएका बताउनुभयो । कवि विमला तुम्खेवालगायतले राईका कृति र कृतित्वबारे चर्चा गर्नुभयो । रासस