२१ असार २०८३, आईतवार
,
Latest
निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही सरकारको सय दिनः राजमार्गमा एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पहिरोले देशका आठ मुख्य सडक पूर्ण रूपमा अवरुद्ध



अ+ अ-

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी बर्षा भईरहेको छ । वर्षासँगै देशभर ८ स्थानका मुख्य राजमार्ग तथा सडक खण्डमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक विभागका अनुसार आइतबार मात्रै देशभर ८ स्थानका सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ८९ स्थानमा एकतर्फी सञ्चालन छन् । अरनिको, मेची, कोशी राजमार्ग लगायतका सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

आइतबार अरनिको राजमार्गअन्तर्गत दोलालघाट–खाडीचौर–कोदारी सडकअन्तर्गत सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले सडक अवरुद्ध भएको छ । यसैगरी मेची राजमार्गको गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोलामा सडक खण्डअन्तर्गत हेवा खोलामा बाढि आउदा पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

भेडेटार रवि राँके सडक धनकुटामा उपकरण तैनाथ गरी सडक खुलाउने प्रयास भएको जनाइएको छ । तानसेन–सिडी–कोरला सडक अन्तर्गत मुस्ताङको भेना गाउँमा लेदोसहितको पहिरो आएकोले सडक अवरुद्ध छ । अहिले ब्याकहोइ मेशिन परिचालन गरी उक्त पहिरो पन्छाउने काम भइरहेको छ ।

यस्तै कोशी राजमार्गको तुम्लिङटार–खाँदबारी–किमाथांका सडक खण्डअन्तर्गत सङ्खुवासभाको देउरालीमा पनि पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

साथै शहिदमार्गको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङलुकुम सडक खण्डअन्तर्गत रोल्पामा लेदोसहितको माटो आएकाले सडक अवरुद्ध भएको छ ।

यस्तै, विभागले असार २९ गते कोशी राजमार्गको तुम्लिङ्टार–खाँदबारी–नुम–किमाथांका सडकअन्तर्गत सङ्खुवासभाको वरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माण ढलानको कार्य भईरहेको जनाएको छ ।

यस्तै, असार २४ गते आएको बाढीले स्याफ्रुवेसी–रसुवागढी सडक अवरुद्ध भएकोमा सडक खुलाउने प्रयास भइरहेको छ ।