२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते



अ+ अ-

इस्लामाबाद। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार भएका दुई अलग–अलग सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।

पहिलो दुर्घटना ठट्टा जिल्लामा भएको हो, जहाँ तीव्र गतिमा गइरहेको एक बस अनियन्त्रित भएर पल्टिँदा ६ जनाको ज्यान गएको छ र २० भन्दा बढी घाइते भएका छन् । उक्त बसमा पिकनिक मनाउन गएका यात्रुहरू सवार थिए ।

दोस्रो दुर्घटना खैपुर जिल्लामा भएको हो । कराँचीबाट मनसेहरातर्फ जाँदै गरेको एक यात्रुबाहक बस राष्ट्रिय राजमार्गमा पल्टिँदा चार जनाको मृत्यु भएको र महिलासहित ४० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।(रासस/सिन्ह्वा)