२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब बालुवाटार र नक्सालमा पनि मेलम्चीको खानेपानी



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, नक्साल, भाटभाटेनी पूर्वलगायत क्षेत्रमा मेलम्चीको खानेपानी वितरण गरिने भएको छ । खानेपानीमन्त्री प्रदीप यादवका अनुसार खानीपानी पठाउनका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा रहेकाले अब चाँडै सो क्षेत्रमा मेलम्चीको खानेपानी पुग्नेछ ।

खानेपानी मन्त्रालय मातहतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) द्वारा आज बालुवाटार क्षेत्रमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतको ‘पाइपलाइन’ बिछ्याइएको क्षेत्रमा अनुगमन तथा निरीक्षणपछि उहाँले पाइपलाइन बिछ्याउने कार्य सफल भएकाले चाँडै मेलम्चीको खानेपानी वितरण गरिने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बिछ्याइएको प्राइमरी पाइपलाइन सफलतापूर्वक सम्पन्न गरिएको छ । अब चाँडै मेलम्चीको खानेपानी वितरण गर्छौं ।”

हाल पाइपलाइनको दबाब परीक्षण ‘प्रेसर टेस्ट’ को तयारी तथा कार्यसम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेस्ट सफलतापूर्वक सम्पन्न भएपछि बालुवाटार, नक्साल (भाटभटेनी पूर्व), टुडालदेवी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्णशम्शेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरू गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार पानी वितरणपश्चात् उक्त क्षेत्रका करिब तीन हजार ५०० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । काठमाडौँ उपत्यकाका बासिन्दालाई शुद्ध, स्वच्छ तथा नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्यअनुरूप उक्त पाइपलाइन बिछ्याउने कार्य निर्माण गरिएको आयोजना कार्यान्वयन निर्देशनालय ९पिआइडी० का आयोजना प्रबन्धक अमित रञ्जितले जानकारी दिनुभयो ।