२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन गोल खाँदा पनि फर्कने आत्मविश्वास थियोः मिना देउवा



अ+ अ-

काठमाडौँ ।  यु–२० महिला च्याम्पियनसिपमा स्ट्राइकर मिना देउवाले ६ खेलमा सात गोल गरेकी थिइन् । नेपाली यु–२० महिला टोलीकी महत्वपूर्ण सदस्य मीनाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएपनि बिना डर र दबाब खेल्ने प्रयास गरेको बताइन् । आफूले सोचेअनुरूप खेल्न सकेकोमा खुशी रहेको उनको भनाइ छ ।

अन्तिम खेलबाहेक सबै खेलमा राम्रो प्रदर्शन गरेको उनले स्वीकार गरिन् । पहिलो खेलमा अन्तिम समय गोल व्यहोर्दा हार व्यहोर्नु पर्दा धेरै दुःख लागेको उनले उल्लेख गरिन् । यसपल्ट जितेर नै जान्छौं भन्ने लक्ष्यसहित खेले पनि नतिजा फरक आएको मीनाले बताइन् ।

तीन गोल खादासम्म फर्कन्छौं भन्ने आत्मविश्वास रहेको स्ट्राइकर मीनाले उल्लेख गरेकी छन् । आफ्नो गोलकिपर र डिफेन्सबीच तालमेल पनि नमिल्दा खेलमा थप समस्या भएको उनी बताउँछिन् । बंगलादेशको क्विक फरवार्ड लाइन र आफ्नो डिफेन्स लाइनमा समस्या हुँदा खेलमा अफ्ठयारो भएको उनले बताइन् । प्रशिक्षकहरूको योजनाअनुरूप मैदानमा प्रदर्शन गर्न सके सिनियर टोलीमा स्थान बनाउने सकिने मीनाको विश्वास छ ।

नेपाली टोलीकी कप्तान बिर्सना चौधरीले सकेसम्म राम्रो खेल्ने लक्ष्य भए पनि सफल नभएको बताइन् । डिफेन्स लाइनमा समस्या हुँदा खेलमा असर परेको उनले बताइन् । मिडफिल्ड र डिफेन्सबीच पनि तालमेला नमिलेको उनी बताउँछिन् । नेपालकी पूर्णिमा राईले उक्त प्रतियोगितामा १० गोल गर्दै गोल्डेन बुट पाइन् । पूर्णिमाले यो संख्यामा गोल गर्छु भन्ने नरहे पनि स्ट्राइकरको भूमिकाअनुरूप काम गर्न सकेकोमा खुशी लागेको बताइन् । तर अन्तिम खेलमा गोल गर्न नसक्दा आफूलाई धेरै दुःख लागेको उनी बताउँछिन् ।

बंगलादेशले लामो समयदेखि तयारी गर्दा टिम सेट भएको र आफूहरूले एक महिनाको मात्र तयारी गरेकाले खेलमा प्रभाव देखिएको उनको भनाइ छ । आफ्नो टोलीले पनि राम्रो अनुभव पाए बंगलादेशजस्तो प्रदर्शन सम्भव रहेको उनी बताउँछिन् । लगातार मेहनत गरे राष्ट्रिय टोलीसम्म पुग्नसक्ने उनको विश्वास छ ।




भर्खरै