२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलको हिसाबकिताब सार्वजनिक गर्न क्यानको तयारी, साउन १५ मा बोर्ड बैठक



अ+ अ-

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) मा आन्तरिक विवाद फेरि चुलिएको छ। विशेषगरी गत वर्ष सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को आम्दानी–खर्च विवरण सार्वजनिक नहुँदा असन्तुष्ट पक्षले नेतृत्वमाथि कडा आलोचना गरिरहेको छ।

यही सन्दर्भमा क्यानको बोर्ड बैठक साउन १५ गते बस्ने तय भएको छ। अध्यक्ष चतुरबहादुर चन्दसँगको परामर्शपछि सचिव पारस खड्काले बैठक आह्वान गरेका हुन्। बैठकमा एनपीएलको आर्थिक प्रतिवेदन प्रस्तुत गरिने र त्यसपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने तयारी छ।

एनपीएलको पहिलो संस्करण सचिव खड्काको नेतृत्वमा सम्पन्न भएको थियो। उनले प्रतियोगिताबाट संघ नाफामा रहेको दाबी गरे पनि विस्तृत विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन।

यसैबीच, असन्तुष्ट पक्षले बैठक बहिस्कार गर्ने वा उपस्थित भएर हस्ताक्षर नगर्ने रणनीतिमा छलफल गरिरहेको स्रोतको दाबी छ। उनीहरूले नेतृत्वमाथि पारदर्शिताको अभाव भएको आरोप लगाएका छन्।

क्यान अध्यक्ष चन्द र सचिव खड्काले भने सदस्यहरुलाई बोर्ड बैठकमा उपस्थित भई आफ्नो कुरा राख्न वैधानिक माध्यम अपनाउन आग्रह गरेका छन्। क्यानका प्रवक्ता छुम्बी लामाले बैठकका एजेन्डाहरू अझै टुंगो लाग्न बाँकी रहेको जानकारी दिएका छन्।