२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच नेताहरूमाथि कारबाहीबारे निर्वाचन आयोगद्वारा राप्रपासँग जवाफ माग



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच जना नेताहरूमाथि गरिएको कारबाहीबारे सो पार्टीलाई पत्राचार गरेको छ ।

पाँच नेताहरूले आफूहरूलाई अवैधानिक तरिकाले कारबाही गरिएको भन्दै निवेदन दिएपछि आयोगले जवाफ मागेको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हालै पार्टीको अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदीलाई हटाएका थिए भने सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । साथै, उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पदमुक्त गरेका लिङदेनले महामन्त्री डा. धवलशम्शेर राणाको संगठन विभाग प्रमुख पद खोसेका थिए भने संयोजित संगठन विभागका सदस्य सचिव धनशुर शाहीलाई पनि पदमुक्त गरेका थिए ।

आफूहरूमाथि विधान विपरीत कारबाही गरेको भन्दै पाँचै जना नेताहरू निर्वाचन आयोग पुगेका थिए । उनीहरूले लिखित निवेदन दिएपछि आयोगले राप्रपामा पत्राचार गरेको हो ।