२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्या भण्डारीको पार्टी सदस्यता नम्बर ६४४, तर…



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता राति वेबसाइटबाट हटाइएको बताउनुभएको छ । उहाँले २०८१ सालमै सदस्यता नवीकरण भएको दाबी पनि गर्नुभयो ।

बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा एमाले वरिष्ठ उपाध्यक्ष पोखेलले भन्नुभयो, ‘भण्डारीले २०८१ सालमै उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको हो । ६४४ नम्बरमा पार्टी सदस्यता छ, वेबसाइटमा राखिएको चिज राति हटाइयो भन्ने सुन्दैछु ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपतिलाई नागरिकका रूपमा पार्टीमा सक्रिय हुन संविधान वा विधानले नरोकेको बताउनुभयो । ‘राजनीति गर्न नपाइने भए संविधान वा विधानले रोक्नुपर्‍यो । पार्टीका निर्णय पनि संविधान र विधानसम्मत हुनुपर्‍यो नि !’ उहाँले भन्नुभयो ।

पोखरेलले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिने भनेर केन्द्रीय कमिटीमा निर्णय सुनाइए पनि सधैंका लागि टुंगो नलागेको बताउनुभयो ।

‘सदस्यताको विषय छलफल क्लोज भएको भन्ने मलाई लाग्दैन, एकपल्ट केन्द्रीय कमिटीमा त्यसरी सुनाइसकेपछि सधैंका लागि क्लोज भएन,’ उहाँले भन्नुभयो, ‘पार्टीभित्र निम्त्याइएको बहस, विवाद जस्तो लाग्छ । सरसल्लाहले पार्टी अध्यक्षले छलफल गरेर टुंगो होला भन्ने लागेको थियो । सल्लाह र समझदारीले टुंग्याउने कुरा थियो, तेजोबध गर्ने कुरा थिएन ।’

पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा पुनरागमन गरेको घोषणा गरेपछि एमालेभित्र विवाद छ । सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकले नै पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालिसकेको छ । एमाले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको नभई सबैको नेता बन्न सुझाएको छ ।

तर भण्डारी भने सक्रिय राजनीति नै गर्ने घोषणा गरिरहनुभएको छ । एमाले पार्टी सदस्यतानवीकरण नगर्ने निर्णय गरेपछि उहाँले विकल्प सोचिरहनुभएको छ ।




भर्खरै