१६ असार २०८३, मंगलवार
,
Latest
बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना नियन्त्रण र लकडाउनको मोडालिटीबारे प्रधानमन्त्रीले विज्ञसंग छलफल गर्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारमा विज्ञहरूसँग छलफल गर्न लागेका छन्। विज्ञहरूसँग प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथामाका लागि आगामी रणनीति र लकडाउनको मोडालिटीबारे छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार ओलीले छलफलका लागि स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद, योजनाविद, नर्सिङ क्षेत्रका विज्ञलगायतलाई बालुवाटार बोलाइएका छन् । छलफल बुधवार दिउँसो  ४ बजेका लागि तय भएको छ।

छmफलमा मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पिताम्बर शर्मा, स्वर्णीम वाग्लेलगायत २५ जना विज्ञलाई बोलाइएको थापाले जानकारी दिए।