२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापा भन्छन्- राजनीतिक संकट झनै बढ्यो



अ+ अ-

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले नेपालमा राजनीतिक संकट झनै बढेको बताएका छन् । उनले नेपालमा विदेशीको चलखेल व्यापक भएको बताए । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता बन्धकमा पर्ने आशंका समेत उत्पन्न भएको कमल थापाले बताएका छन् । मंगलबार ट्वीट गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत थापाले विदेशीको चलखेलले ठीक बेठिक छुट्याउन पनि कठिन भएको बताएका छन् । बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्रलाई उनले उदाहरणको रुपमा राखेका छन् । उनले भनेका छन्, नेपाली राजनीतिमा बिदेशी चलखेल यति व्यापक छ कि ठिक र बेठिक छुट्याउन पनि कठिन भएको छ। संबिधान संसोधन, धर्मनिरपेक्षता,संघियता,गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन्।जनताले पार्टी कार्यकर्ता भन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने होभने भविष्य अझै कहालीलाग्दो हुन्छ उनले भनेका छन् ।

उनले लेखेका छन्,‘नेपाली राजनीतिमा विदेशी ‘एसेट’को चलखेल यति व्यापक छ कि ठिकरबेठिक छुट्याउन पनि कठिन भएको छ । बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन् । जनताले पार्टी कार्यकर्ताभन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने हो भने भविष्य अझै कहालीलाग्दो हुन्छ ।’

थापाले घुमिफिरी फेरि ०७ साल अघि र लगत्तै पछिको जस्तै राष्ट्रिय स्वाभिमानरस्वतन्त्रता बन्धकमा पर्ने खतरा औंल्याएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘राजा महेन्द्र, राजा वीरेन्द्र, बीपी, टंकप्रसाद आदिले बुद्धिमत्तापूर्ण ढंगबाट कायम गरेको स्वतन्त्र अस्तित्व र पहिचानमाथि संकटको कालो बादल मडारिन थालेको छ । समयमा सचेत बनौं ।’