२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपका पाँच मुलुकमा प्रस्तुति दिँदै नेपथ्य



अ+ अ-

काठमाडौं: लोकरक ब्यान्ड नेपथ्यले आगामी महिना युरोपको शृङ्खलाबद्ध साङ्गीतिक यात्रा गर्ने भएको छ । बेलायत, डेनमार्कमाल्टापोर्चुगल र बेल्जियममा नेपथ्यले कन्सर्ट गर्न लागेको हो ।

 ब्यान्डले शृङ्खलाबद्ध यात्राको पहिलो प्रस्तुति अगस्ट ९ मा लन्डनको वेम्बलीमा दिनेछ । त्यसपछि अगस्ट २३, शनिबार डेनमार्कको राजधानी कोपेनहेगनमा ब्यान्ड  प्रस्तुत हुनेछ । त्यहाँस्थित पुलेन हल मा ब्यान्डको कन्सर्ट तय भएको छ ।

औधोगिक युगको वैभव सम्झाउने पुरानो गोदामलाई व्यवस्थित हलमा परिणत गरिएको यो हल हिजोआज नियमित रक कन्सर्ट हुने थलो बनेको छ । यसै हलको वेबसाइटमा नेपथ्य कन्सर्टको विवरणसमेत देख्न सकिन्छ । कोपेनहेगन सहरमा नेपथ्यको दोस्रो प्रस्तुति हुन लागेको हो । यसअघि सन् २०१६ मा ब्यान्डले कोपेनहेगनमा लोकरक सुनाएको थियो ।

 डेनमार्कपछि ब्यान्ड माल्टाको आटार्ड सहरमा उपस्थित हुनेछ । मुलुकको उत्तरी भेगमा पर्ने यस सहरको माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हल मा अगस्ट २७, बुधबार नेपथ्यका गीतहरु गुन्जिनेछन् ।

त्यसपछि ब्यान्ड पोर्चुगलतर्फ प्रस्थान गर्नेछ । त्यहाँको राजधानी लिस्बनस्थित लिस्बोआ आओ भिभो मा अगस्ट ३१, आइतबार नेपथ्य प्रस्तुत हुनेछ ।

 युरोप यात्राको अन्तिम प्रस्तुति भने बेल्जियमको एन्थ्रोपेन सहरमा हुनेछ । त्यहाँस्थित एइडी स्टुडियोजको स्टुडियो सेभेन मा सेप्टेम्बर ३ मा नेपथ्यको प्रस्तुति रहनेछ । एन्थ्रोपेन सहरमा पनि नेपथ्य दोस्रो पटक प्रस्तुत हुन लागेको हो । यसअघि सन् २००५ मा ब्यान्डले त्यहाँस्थित आरेनबर्ग थिएटरमा आफुलाई उभ्याएको थियो ।

नेपथ्यले अघिल्लोपटक सन् २०१६ मा युरोप यात्रा गर्दै जर्मनीको हेम्बर्ग र  डेनमार्कको कोपेन्हेगनमा प्रस्तुति दिएको थियो । बेलायतको लन्डनलाई छाडेर बाँकी युरोपेली मुलुकमा नेपाली थुप्रै सानाठूला सहरमा छरिएर रहेका कारण ठूलो दर्शक उपस्थिति अपेक्षा गर्न कठिन थियो । पछिल्लो समय यी चार मुलुकमा भने नेपालीको सङ्ख्या उल्लेख्य मात्रामा थपिएको छ  त्यसमा पनि खास गरेर माल्टापोर्चुगल र बेल्जियममा अर्थोपार्जनका हिसाबले पुगेका नेपालीको ङ्ख्या बढी छ । दर्शक सङ्ख्याको सकारात्मक सङ्केत देखेर नेपथ्यले चार सहरमा शृङ्खलाद्ध यात्रा गर्न लागेको हो । यी चारवटै स्थानमा दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको र केही शोका टिकट सकिन लागेको स्थानीय आयोजकले जानकारी दिएका छन् ।

 नेपथ्यले हालसम्म आफूलाई प्रभावकारी रुपमा प्रस्तुत गर्दै आएका विश्वका अग्रणी सहरहरु विशेष गरी अध्ययनका लागि ल्लेख्य सङ्ख्यामा नेपाली विद्यार्थी गएका ठाउँ हुन् । यस पटक युरोपको शृङ्खलाद्ध यात्राले भने नेपथ्यको दर्शकघेरामा देखा पर्दै गएको विविधतालाई पनि सङ्केत गरेको छ । यद्यपि यी सहरमा छिटफुट र कोपेनहेगनमा उल्लेख्य ङ्ख्यामा विद्यार्थीको उपस्थिति छ ।

नेपालका सानो बस्तीदेखि लिएर विश्वका अग्रणी सहरसम्म नेपथ्यको प्रस्तुततिले श्रोता दर्शकको मायामा एकरुपता पाउन थालेको ,’ ब्यान्डको व्यवस्थापन सम्हाल्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्यको कार्यक्रममा अपेक्षा गरिने व्यवस्थापकीय र प्राविधिक उत्कृष्टतालाई निरन्तरता दिँदै युरोपमा पनि सबै कार्यक्रम स्तरीय हलमा स्तरीय प्रविधिक संयोजनसहित प्रस्तुत गरिनेछ ।

 यस यात्राका लागि व्यवस्थापप्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली युरोप प्रस्थान गर्दै छ । मञ्चमा भने मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुविन शाक्यगितारमा नीरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

 युरोपका सबैजसो कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै टिकट काट्न सक्ने प्रन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।




भर्खरै