२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पर्वतारोहण संघको आगामी नेतृत्वका लागि कुल गुरुङले गरे उम्मेद्वारी घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल पर्वतारोहण संघ २०२५ को आगामी नेतृत्वका लागि कुल गुरुङले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

आज राजधानीमा एक भेलामार्फत नेपाल लोकतान्त्रि पर्यटन व्यवसायी संघको तर्फबाट गुरुङले उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

पर्वतारोहण संघको निर्वाचन आगामी भाद्र ७ गते संघको नेतृत्वका लागि प्रज्ञा प्रतिष्ठानमा निर्वाचन हुँदैछ । उम्मेद्वारी घोषणा गर्दै गुरुङ आफूले पूर्वाग्राही नराखि नेतृत्व गर्ने संकल्प गर्नुभयो । अहिले राजनीतिले आफूलाई पनि दिक्क पारेको र संस्थाको नेतृत्वमा गइसकेपछि निष्पक्ष रुपमा काम गर्ने उहाँले बताउनु भयो ।

अध्यक्षका प्रत्यासि गुरुङले भन्नुभयो–‘चुनाव एउटा प्रक्रिया हो । नेतृत्वमा पुगेपछि म धेरै बोल्ने छैन्, एक्शनमा जानेछु । यो कुरालाई म विशेष ध्यान पु¥याउनेछु । आगामी तीन वर्ष सबैलाई उत्साहित पार्नेगरी काम गर्नेछु । पूर्वाग्राही राख्दिन । राजनीतिले हामीलाई पनि इरिटेड पारेको छ । निष्पक्ष भएर काम गर्नेछु ।’

संघले गुरुङलाई र्निविरोध बनाउनका लागि अन्य संघ संस्थाहरुसँग छलफल गर्न ५ सदस्यीय वार्ता समिति पनि बनाएको छ । रमेश धमालाको संयोजगत्वमा डा. रामशरण थपलिया, कर्म शेर्पा,खुम सुवेदी, निलहरी बाँस्तोला सदस्य रहनुभएको छ । उहाँहरुले गुरुङको नेतृत्वलाई सर्वसम्मत बनाउन वार्ता गर्नेछन् ।