२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न राप्रपाको माग



अ+ अ-

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले गत चैत १५ गते भएको तीनकुने घटनाको छानविन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभामो शुक्रवारको बैठकमा बोल्दै सांसद राणाले यस्तो माग गर्नुभएको हो । उहाँले सरकारले राजावादी विचार बोकेकै भरमा आफूहरुमाथि झुटा मुद्दा लगाएको टिप्पणी गर्नुभयो । न्यायपालिकाले तीनकुने घटनाकारे सत्यतथ्य रुपमा न्याय निरुपण गर्ने कुरामा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी र हामीले बोकेको विचारलाई निरुत्साहित गर्ने उद्देश्यले देशद्रोह र संगठित अपराधसहति चारवटा झुटा मुद्दा लगाइएको छ । मलाई विश्वास छ कि यो मुलुकको गरिमामय न्यायालयले दुधको दुध र पानीको पानी गरी निष्पक्ष न्याय दिनेछ । म संसदमार्फत माग गर्न चाहान्छु तीनकुने घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गरौं । यस्तो घटनाको पनि छानविन गर्दैनौं भने हामी के को छानविन गर्ने ? र दोषिलाई कारबाही र निर्दोषलाई न्याय मिलोस् ।’

उहाँले राज्यको कमजोर सुरक्षा संयन्त्रको कारण तीनकुने घटना घटेको उल्लेख गर्दै पक्राउ परेका सबै राजावादी समूहका नेता कार्यकर्ताहरुलाई रिहा गर्न समेत माग गर्नुभयो ।