१६ असार २०८३, मंगलवार
,
Latest
बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट लोकप्रिय हुन्छ, आलोचना नगर्नुहोस् : अर्थमन्त्री खतिवडा



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट लोकप्रिय हुँदै जाने डरले विरोध गर्नुभन्दा तथ्यमा कुरा गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिभा बैठकमा बजेट विनियोजन विधेयकमाथिको विचार गरियोस भन्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले बजेट लोकप्रिय हुने डरले आलोचना नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘संसदमा जब बजेट अलि राम्रो हुँदै जान्छ र लोकप्रिय हुँदै जाने बेला विरोध गर्नुपर्ने हो की ? होइन भने फ्याक्टमा कुरा गरौँ । बजेटले कहाँ राम्रो कहाँ नराम्रो गरेको छ भन्ने कुरा गरौँ । अहिलेको बजेट समग्रमा राम्रो भएको छ भन्ने मलाई लागेको छ ।’’  

छलफलमा सांसदहरुले बजेट महिलामैत्री नभएको भन्दै गरेको आलोचनाको अर्थमन्त्री डा. खतिवडाले खण्डन गर्नुभएको छ । महिला प्रत्यक्ष लाभ हुने, अप्रत्यक्ष लाभ हुने कुराहरु बजेटको अनुसूचीमा रहेको उल्लेख गर्दै उहाँले आफुलाई कुनै एउटा कुरामा चित्त नबुझ्दा समग्रह महिलाको हितमा भएन भन्न नमिल्ने बताउनुभयो ।

सीमा क्षेत्रमा बोर्डर आउट पोष्टको क्षमता विस्तारका लागि बजेट बढाइएको बताउनुभयो । रक्षा क्षेत्रमा बजेट नबढाइएको बरु नेपाली सेना मार्फत हुने रणनीतिक आयोजनाहरुका लागि सम्बन्धित मन्त्रालय मार्फत बजेट गएको बताउनुभयो ।

कोरोना संक्रमण नियन्त्रणका लागि चालु आर्थिक वर्षमा नै ५ अर्ब निकासा भएको र कोरोना सम्बन्धित कोषमा २ अर्ब ३१ करोड रकम जम्मा भएको उहाँले बताउनुभयो । कोरोना महामारी नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले सरकारले कुनै पनि स्वास्थ्य सामग्री अभाव हुन नदिने बताउनुभयो ।

एमसीसीको विषयमा उठेका प्रश्नहरुमा अर्थमन्त्री खतिवडाले नेपाल सरकारले गर्ने काममा पैसा भएको र संसदले निर्णय गरेपछि काम अघि बढ्ने बताउनुभयो ।