२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी-फोटोफिचर



अ+ अ-

काठमाडौं । लामो समयसम्म वर्षा नभएर सुख्खा बनेको मधेस प्रदेशमा अहिले संरक्षण पोखरीहरुको महत्व बढेको छ । विशेष गरेर चुरे क्षेत्रका संरक्षित प्राकृतिक तालतलैया र बायो इन्जिनियरिङ पद्धतिबाट वर्षामा बगेर जाने पानी संरक्षण गर्ने गरिएका स्थानका पानीका स्रोतहरुमा स्थानीयहरुको ध्यान केन्द्रित हुन थालेको छ ।

मधेस प्रदेशमा चुरे क्षेत्रका प्राकृतिक र कृत्रिम सानाठूला गरी दुई सय बढी संरक्षण पोखरी निर्माण भएका छन् । नेपालभरको चुरे क्षेत्रमा कति यस्ता पोखरी छन् भन्ने यकिन तथ्यांक भने छैन ।

भूमिगत पानीको सतह घट्दै गएपछि त्यसको परिपूर्ति गर्न राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले र अन्य पर्यावरण संरक्षणमा लागेका संघसंस्थाहरुसँग मिलेर चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी निर्माण.गर्दै आएका छन् ।

अत्याधिक चुरे दोहनको साथै जलवायु परिवर्तनको असर मुख्य रुपमा पानीमा देखिएकाले भविष्यमा तराईका जिल्लामा पानीको चरम अभाव हुन नदिन चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी निर्माण गरिएको हो ।

प्रश्तुत छ मधेस प्रदेश अन्तर्गत महोत्तरीमा रहेका केही प्राकृतिक र कृत्रिम पोखरीका तस्बिरहरुः