२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन र बजेट एकसाथ पारित हुने



अ+ अ-

संविधान संशोधन र आर्थिक वर्ष २०७७/०७८ को बजेट एकसाथ पारित हुने भएको छ । बहुप्रतिक्षित संविधान संशोधनको विधेयक संसद्मा पेस भएको छ । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेस भएको हो । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) मा समावेश गर्न संविधान संशोधनको विधेयक पेस गरिएको छ । आइतबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक–२०७७’ पेस गरे । संसद् सचिवालयले मंगलबार संविधान संशोधनको सूचना प्रकाशित गर्नेछ । सूचना जारी भएको सात दिनपछि पनि ७२ घन्टा संशोधन हाल्न पाइने प्रावधान रहेको छ । सदनमा पेस भएको दोस्रो संविधान संशोधन विधेयमाथि जेठ २७ गतेमात्र छलफल हुने भएको छ । कानुनी प्रक्रिया पूरा भएपछि मात्र सदनमा विधेयकलाई कार्यसूचिमा राखिनेछ ।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई संशोधन गर्न यही जेठ ९ गते दोस्रो संविधान विधेयक दर्ता गराएको थियो । भारतले अतिक्रमित गरेको नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भू–भाग समेटेर सरकारले राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै संविधानको अनुसूची पनि संशोधन गर्ने प्रक्रिया अघि बढाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ १३ गते संसद्मा रहेका पार्टीका नेताहरूबीच सर्वदलीय बैठक आयोजना गरी राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्धरूपमा प्रस्तुत हुन र संविधान संशोधनको पक्षमा उभिन आग्रह गरेका थिए । त्यसै गरी बजेटमाथि जेठ २३, २४ र २५ गते मन्त्रालयगत छलफल हुनेछ । संसद् सचिवालयका एक सदस्यका अनुसार संविधान संशोधन र बजेट एकसाथ पारित हुने अवस्था रहेको छ । नेपाल समाचारपत्र दैनिक