२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व सचिवालय सदस्यको ट्याक्सीमा अर्थमन्त्री पौडेल !



अ+ अ-

रुपन्देही । तीन दिने देखी बिभिन्न कार्यक्रममा सहभागी हुन रुपन्देही पुग्नु भएका एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले देवी वाग्लेलाई फोन गरेर बुटवलको मिलनचोकस्थित ड्रिम होटेल बोलाउनु भयो ।

वाग्ले केही बेरपछि ट्याक्सी लिएर होटलमा पुग्नु भयो । अर्थमन्त्री पौडेल सोही ट्याक्सी चढेर सुन्दनगर पुग्नु भयो । अर्थमन्त्रीसँग रहेको सरकारी गाडी सोही ट्याक्सीको पछि पछि लाग्यो ।अर्थमन्त्री पौडेल चड्नु भएको ट्याक्सी एक महिलाले चलाएकी थिइन्, जो एमालेकै पूर्वनेतृ हुनुहुन्छ ।

वाग्ले फूल (पुष्प) खेती गर्ने पहिलो महिला किसानका रुपमा त्यस क्षेत्रमा परिचित हुनुहुन्छ । उहाँले केही समय देखी विद्युतीय ट्याक्सी समेत चलाउदै आउनु भएको छ । अर्थमन्त्री पौडेलले ट्याक्सी ओर्लेपछि भाडासहित टिप्स समेत दिनु भएको थियो ।

ट्याक्सी चढेपछि पत्रकारहरुसँग अर्थमन्त्री पौडेलले राजनीतिक पहिचान समेत बनाएकी महिला नेतृले व्यवसायीकरुपमा ट्याक्सी चलाउनु अरु महिला र युवाका लागि प्रेरणाको विषय भएको बताउनु भयो । उहाँले इन्धनबाट चल्ने गाडीले प्रदुषण र व्यापार घाटा बढाइरहेको सन्दर्भमा देवीले विद्युतीय गाडी चलाएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘देवी वाग्लेलाई हौसला दिन र कुनै पनि काम सानो–ठूलो हुँदैन भन्ने आम महिला र युवामा सन्देश दिन उहाँको ट्याक्सी चढ्न बोलाएको हुँ,’ पौडेलले भन्नुभयो, ‘नेपाली समाजमा अझै पनि पुरुषले गर्ने कतिपय काम महिलाले शुरू गर्दा अविश्वास गर्ने, प्रोत्साहन नगर्ने परिपाटी छ, त्यसलाई अन्त्य गर्दै आफूसँग भएको सीपलाई आयआर्जनसँग जोड्नु राम्रो हो ।’

वाग्लेले नेपाल सरकारका माननीय उपप्रधान मन्त्री तथा सफल अर्थमन्त्री मेरो क्षेत्रवाट निर्वाचित प्रतिनिधि सभा सदस्यज्यू सशुल्क मेरो टेक्सी सेवा उपयोग गर्नुभएको भन्दै खुसी सहितको ईमाजी लेखेर सामाजिक संञ्जालमा पोष्ट गर्नुभएको छ ।




भर्खरै