२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले सबैभन्दा पहिला कोरोना भ्याक्सिन दिने



अ+ अ-

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस चीनको ऊहान शहरबाट डिसेम्बरको अन्त्यतिर फैलन सुरु गरेको थियो । जहाँबाट कोरोना भाइरसको संक्रमण सुरु भयो अब त्यहि देशले संसारलाई सबैभन्दा पहिले भ्याक्सिन उपलब्ध गराउने सम्भावना रहेको बताइएको छ ।

चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले यस्तो सम्भावना व्यक्त गरेको हो । उक्त कमिशनले शनिबार एक सोसल मिडिया पोस्टमा चीनमा बनेको कोरोनाभाइरसको भ्याक्सिन यस वर्षको अन्त्यसम्म वितरणका लागि बजार आउन सक्ने बताएको छ ।

ऊहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले तयार गरेको यो भ्याक्सिनको ट्रायल दुई हजार व्यक्तिमाथि गरिएको थियो । २९ मार्चमा चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा यसबारे पोस्ट गरिएको थियो । यो पोस्टमा भ्याक्सिन यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा मार्केटमा आउन सक्ने बताइयो । भ्याक्सिन दोस्रो चरणको ट्रायलमा पुगेको छ । बीबीसी