३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि र शिक्षा सम्बन्धी विधेयक कांग्रेसले दोहोरो चरित्र देखायो: राजन भट्टराई



अ+ अ-

काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले भूमि र शिक्षा सम्बन्धी विधेयकहरूमा नेपाली कांग्रेसले देखाएको भूमिका लोकतान्त्रिक मूल्यविपरीत रहेको टिप्पणी गर्नुभएको छ।

साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै डा. भट्टराईले लेख्नुभएको छ, ‘नेपाली कांग्रेसको भूमि र शिक्षा सम्बन्धित विधेयकहरू माथिको दोहोरो चरित्र अति नै तल्लो स्तरको राजनीतिक दाउपेच जस्तो लाग्यो, माथि संयन्त्रमा एउटा कुरा, बाहिर आएपछि अर्को ? सत्ता साझेदारी गरिरहेको दलको यो व्यवहार लोकतन्त्रमा कति उचित हो ? मूल्यांकनको विषय हो।’

उहाँको स्ट्याटसमा प्रत्यक्ष रूपमा कांग्रेसमाथि विधेयकका संवेदनशील विषयहरूमा भ्रमपूर्ण र अविश्वसनीय भूमिका खेलेको आरोप लगाइएको छ।  संसदमा छलफल हुँदै गरेका शिक्षा विधेयक र भूमिसम्बन्धी विधेयकमा सरकारभित्र रहेका दलहरूबीच भित्री सहमति र बाहिरी व्यवहारमा देखिएको असमझदारीप्रति डा. भट्टराईले गम्भीर प्रश्न उठाउनुभएको हो।

नेपाली कांग्रेस हाल सरकारको प्रमुख घटक दल हो। तर, पार्टीका सांसदहरूले शिक्षा विधेयकको सन्दर्भमा विभिन्न धाराहरूमा आफू अनुकूल परिमार्जन माग गर्दै आएका छन्। भूमिसम्बन्धी विधेयकका हकमा पनि कांग्रेसभित्रबाट फरक मत आएको देखिएको छ।

डा. भट्टराईले सरकारभित्र नीति र कानुन निर्माणका विषयमा स्पष्ट दृष्टिकोण नदेखिएको र जनताका हितसँग प्रत्यक्ष सरोकार राख्ने विधेयकहरूमा राजनीतिक स्वार्थ अनुसार दोहोरो भूमिका खेल्नु लोकतान्त्रिक अभ्यासविपरीत रहेको धारणा राख्नुभएको छ।

भूमिसम्बन्धी विधेयकमा समेत कांग्रेसको ‘अनिर्णीत भूमिका’प्रति एमालेकाे असन्तुष्टि छ । भट्टराईको यो अभिव्यक्तिलाई कांग्रेस र सत्तारूढ गठबन्धनभित्रको समन्वयको कमी र संसदीय राजनीति भित्रको अविश्वासको संकेतका रूपमा हेरिएको छ।