२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पर्यटन नीति सार्वजनिकः नेपाललाई अद्वितीय पयर्टकीय गन्तव्य बनाउने सरकारको दाबी



अ+ अ-

काठमाडौं । सरकारले मुलुकको पर्यटन क्षेत्रको समग्र विकास तथा प्रवद्र्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ ।

सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित कार्यक्रमकाबीच मन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पर्यटन नीति सार्वजनिक गर्नुभएको हो । मन्त्री पाण्डेले नीति सार्वजनिक गर्दै नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नीति महत्वपूर्ण हुने बताउनु भयो । उहाँले नीतिको कार्यान्वयनको समयमा देखिएका समस्या र छुटेका विषयहरु समेत नीतिमा समावेश गर्दै जाने बताउनु भयो । उहाँले नीति कार्यान्वयनका लागि कार्यनीति र रणनीति निर्माणको प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले संघीयतालाई थप प्रभावकारी बनाउन समन्वय परिषद् समेत गठन गरिएको उल्लेख गर्दै विभिन्न ठाउँमा गरी तीन वटा बैठक सम्पन्न भइसकेको पनि बताउनु भयो । नीतिमार्फत नेपाललाई सांस्कृतिक र प्राकृतिक दृष्टिकोणबाट अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान दिलाउने लक्ष्य लिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मुलुकमा सुशासन कायम होस् भन्ने हिसावले नै नीति ल्याउने हो । राम्रो नीति बनाउने हो । यस नीतिमा अझै पनि केही कुरा छुटेको हुनसक्छ । त्यसका लागि पनि हामी सबै सचेत छौं । नीतिमा छुटेका कुराहरुलाई अगामी दिनमा मिलाउने अधिकार हामीलाई छँदैछ । तर अहिलेको लागि हामी सबैको लागि खुशीको कुरा भनेको हामीले नीति प्राप्त गरेका छौं । अद्वितीय पर्यटकीय गन्तव्य रुपमा नेपाललाई चिनाउनको लागि पनि नीतिले महत्वपूर्ण भुमिका खेल्ने छ । पर्यटकीय हिसाबले र सांसकृतिक हिसावले पनि नेपालबाहिर दोस्रो त्यस्तो ठाउँ छैन । त्यसको कार्यान्वयनको लागि कार्यनीति र रणनीति बनाउने कामहरु समेत भइरहेको छ । संघीयतालाई अझै प्रभावकारी बनाउनको लागि हामीले समन्वय परिषद् गठन भएको छ ।’

मन्त्रालय मातहतका निकायहरुको मर्ज गर्ने मन्त्रिपरिषद्को निर्णयले ऐन निर्माणमा केही समस्या भएको पनि मन्त्री पाण्डेले बताउनु भयो । उहाँले सबै निकायहरुको लागि विशिष्टकृत ऐन निर्माणमा मन्त्री सक्रिय रहेको बताउनु भयो । भैरहवा विमानस्थलमार्फत बौद्ध धर्मावलम्वी भएका देशहरुमा सिधा उडान होस् भन्ने धेरै चाहना भएको उल्लेख गर्दै उहाँले त्यहीअनुसार कार्ययोजना बनाइरहेको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिरः गोपाल दाहाल/रासस