२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राम नाम सत्य’ बाट डेब्यू गर्दै टिकटकर आयुष



अ+ अ-

काठमाडौँ । टिकटकबाट चर्चित बनेका आयुष सिंह ठकुरीले निर्देशक माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’ बाट डेब्यु गर्ने भएका छन् ।

सोमवार निर्माण टिम तथा आयुषबीच कागजी सम्झौता भएको हो । टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर ठकुरीले फिल्मको निर्माण पक्षसँग कागजी सम्झौता गरेका छन् । उनको यो डेब्यू फिल्म हुनेछ ।

फिल्म ‘राम नाम सत्य’ का लागि केही महिनादेखि आयुषले मेहनत पनि गरिरहेका छन् । साउनको २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा रहेको यो फिल्मलाई एक्सन, सस्पेन्स र प्रेमकथामा तयार पार्ने तयारी निर्माण पक्ष बताउँछ ।

यो फिल्ममा अभिनेता विराज भट्ट, सुशिल श्रेष्ठका साथमा अभिनेत्री दिव्या रायमाझी, सुपुष्पा भट्ट, कलाकारहरु अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारहरु यसअघि नै फाइनल भइसकेका छन् ।

अब, एक अभिनेत्री फाइनल गरेपछि कलाकारहरुको लाइनअप पूरा हुने निर्माण पक्षले बताएको छ ।

उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको फिल्ममा किशोर भट्ट र डाक्टर डीआर उपाध्याय सह–निर्माताको रुपमा छन् । फिल्मको छायांकन चितवन, काठमाडौं लगायतका स्थानमा गरिनेछ ।




भर्खरै