२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

“गाजाको मानवीय अवस्था अत्यन्तै गम्भीर”



अ+ अ-

गाजा। संयुक्त राष्ट्रका मानवीय मामिलाका उपमहासचिव तथा आपतकालीन राहत समन्वयक टम फ्लेचरले गाजामा उत्पन्न मानवीय संकट निकै भयावह र विनाशकारी भएको बताउनुभएको छ ।

उहाँका अनुसार गाजामा प्रत्येक तीन व्यक्तिमध्ये एकजनाले दिनौंसम्म पर्याप्त खाना पाएकाका छैन् । केही मानिस आफ्ना परिवारलाई खुवाउन खाद्यान्न खोज्दा आक्रमणको शिकार भइरहेका छन् । बालबालिकाहरू कुपोषणका कारण शारीरिक रूपमा कमजोर बन्दै गएका छन् ।

फ्लेचरले इजरायलले राहत वितरणको लागि सात दिनसम्म सहयोग गर्ने, खाद्यान्न, औषधि तथा इन्धनमा भन्सार अवरोध हटाउने र राहत काफिलाहरूका लागि सुरक्षित मार्गहरू सुनिश्चित गर्ने निर्णयको स्वागत गर्नुभएको छ । उहाँले यो निर्णयलाई सकारात्मक प्रगति भनेपनि गाजामा जीवनरक्षा गर्न अझ धेरै सहयोग आवश्यक भएको बताउनुभयो ।

उहाँले मानवीय सहायता शीघ्र, नियमित र सुरक्षित रूपमा पु¥याइनु आवश्यक रहेकोमा जोड दिनुभएको छ । साथै, राहत सामग्री ढुवानीमा ढिलाइ, अवरोध वा आक्रमण हुनु नहुने स्पष्ट रूपमा उल्लेख गर्नुभएको छ ।

टम फ्लेचरले हालसम्म ५९ हजार भन्दा बढी मानिसको मृत्यु भएको र तिनमध्ये झन्डै १८ हजार बालबालिका रहेको जानकारी दिनुभयो । “अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना हुनु जरुरी छ,” उहाँले भन्नुभयो, “बन्दी बनाइएका सबै व्यक्तिहरूलाई अविलम्ब र बिना सर्त मुक्त गर्नुपर्छ । युद्धविरामको कुरा मात्र होइन, हामी स्थायी शान्ति चाहन्छौं ।” (रासस/सिन्ह्वा)