२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाद्वारा टी–२० सिरिज ५–० ले क्लिन स्वीप, पाँचौं खेलमा वेस्ट इन्डिजमाथि ३ विकेटको जित



अ+ अ-

काठमाडौँ । पाँचौं टी–२० खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गर्दै शृङ्खला ५–० ले क्लिन स्वीप गरेको छ ।

बासेटेरेमा खेलिएको पाँचौं तथा अन्तिम खेलमा टिम डेभिड, मिचेल ओवेन र क्यामरुन ग्रिनको उत्कृष्ट ब्याटिङका कारण अष्ट्रेलियाले जित हासिल गरेको हो ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १९.४ ओभरमा १७० रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले १६ ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनाएर लक्ष्य हासिल गर्‍यो ।

टस हारेर ब्याटिमा उत्रिएको वेस्ट इन्डिजको सुरुवात खराब रह्यो । ओपनर शाई होप १४ रनमा आउट भए । त्यसपछि दोस्रो ओपनर ब्रान्डन किङ २२ रनमा पभेलियन फर्किए । पावरप्लेमा वेस्ट इन्डिजले ३ विकेट गुमाएपछि ४९ रन बनाएको थियो । १० ओभर (ड्रिंक्स)सम्मको स्कोर ४ विकेटमा ८४ रन थियो ।

शिमरोन हेटमायरले उत्कृष्ट ब्याटिङ गर्दै तीन महत्वपूर्ण साझेदारी गरे । पहिलो, उनले शेर्फेन रदरफोर्डसँग चौथो विकेटको लागि १८ बलमा ३२ रन जोडे ।

यसपछि उनले जेसन होल्डरसँग पाँचौं विकेटको लागि ३० बलमा ४७ रन र सातौं विकेटको लागि १५ बलमा ३२ रनको साझेदारी गरे ।

यी साझेदारीका कारण वेस्ट इन्डिजको स्कोर १७० पुग्यो । हेटमायरले ३१ बलमा ५२ रन, रुदरफोर्डले १८ बलमा ३५ र होल्डरले १५ बलमा २० रन बनाए ।

अस्ट्रेलियाका लागि बेन द्वारशुइसले ४ ओभरमा ४१ रन दिँदै ३ विकेट र नाथन एलिसले ३.२ ओभरमा ३२ रन दिँदै २ विकेट लिए ।

१७१ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको सुरुवात राम्रो भएन । ओपनर ग्लेन म्याक्सवेल १२ रनमा आउट भए । जोश इङ्लिस २३ रन र मिचेल मार्श २५ रनमा पभेलियन फर्किए । अस्ट्रेलियाले पावरप्लेमा ४ विकेट गुमाउँदै ६७ रन बनाएको थियो ।

क्यामरुन ग्रिनले अष्ट्रेलियाली इनिङ्सको जिम्मेवारी सम्हाले र टोलीलाई जितको सँघारमा पुर्‍याए । उनले टिम डेभिडसँग चौथो विकेटको लागि १४ बलमा ३५ रन र मिचेल ओवेनसँग पाँचौं विकेटको लागि २९ बलमा ६३ रनको साझेदारी गरे ।

ग्रिनले १८ बलमा ३२ रन, डेभिडले १२ बलमा ३० र ओवेनले १७ बलमा ३७ रन बनाए ।

वेस्ट इन्डिजका लागि अकिल हुसेनले ४ ओभरमा १७ रन दिँदै ३ विकेट, जेसन होल्डरले ३ ओभरमा ३६ रन दिँदै २ विकेट र अल्जारी जोसेफले २.१ ओभरमा २१ रन दिँदै २ विकेट लिए ।

 

 

 




भर्खरै