२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाका पाइलट उपरथीले गरे ५९ लाख हिनामिना, समरी अदालतबाट दाेषी ठहर



अ+ अ-

काठमाडाैंः नेपाली सेनाकाे समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा अवकाश प्राप्त उपरथी सुधिर श्रेष्ठलाई दोषी ठहर गर्दे कारबाही गरेको छ ।

जेष्ठ १६ गते बसेको समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन २०६३ बमोजिम ५८ लाख ९५ हजार ५९० रुपैयाँ असुल उपर गर्ने तथा नसिहत दिने गरी फैसला गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । श्रेष्ठले उक्त रकमकाे हिसाब किताब नै नराखेकाे अदालतकाे ठहर छ । 

यसै गरी आठ जना सैनिक अधिकृतहरुलाई सचेत गराउनुका साथै एक जना अधिकृत तथा नौजना अन्य दर्जाहरुलाई सफाइ दिने गरी फैसला गरिएको निर्देशनालयले जनाएको छ ।

सैनिक हवाई महानिर्देशनालय रहँदा अनियमता गरेको भन्ने उजुरीका आधारमा छानबिन गर्न रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको रायमा आधारमा तत्कालिन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठ सहित अन्य माथि छानबिन गगरिएको थियो ।

नेपाली सेनाले पद्धति र प्रणालीमा आधारित संगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको जनाएको छ ।