२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार



अ+ अ-

गलेश्वर, (म्याग्दी) । बेनी अस्पतालले ज्येष्ठ नागरिकका लागि सहुलियतमा उपचार सेवा प्रारम्भ गरेको छ ।

ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुसार सहुलियत उपचार सेवा थालिएको हो ।

पचास शय्या क्षमताको यो अस्पतालमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकले अस्पतालद्वारा निर्धारित उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन् ।

सत्तरीदेखि ७९ वर्षसम्मकालाई ७५ प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी खत्रीले बताउनुभयो ।

असी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई अधिकांश सेवा नि:शुल्क गरिएको छ । वार्षिक ६० हजारभन्दा बढी बिरामीले उक्त अस्पतालबाट सेवा लिने गरेका छन् । रासस