१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूकुम घटनाका दाेषीमाथि कारबाही गर्न माइतीघरमा प्रदर्शन



अ+ अ-

काठमाडाैंः रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले विरोध प्रदर्शन गरेको छ । रोल…

रकुममा भएको अमानविय घटना लगायत देशभरी दलित समूदायमाथि घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो । संघले काठमाडौंमा माइतीघर मण्डला सहित देशभरी विरोध प्रदर्शन कार्यक्रम गरिएको जनाएको छ ।

संघका उपाध्यक्ष गोपाल बराइलीले रुकुममा भएको घटनाविरुद्ध देशव्यापी आन्दोलन थालिएको बताउनुभयो । यति ठूलो घटना हुँदा पनि राज्य अध्याँरोमा मौन बसेकाले क्यान्डिल बालेर विरोध प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।

जघन्य अपराधमा मुछिएका व्यक्तिलाई कारवाही गरी कम्तिमा पनि देशको नागरिक भएर बाँच्न पाउनुपर्छ भनेर ऐक्यवद्धता जनाउन देशभरी विरोधका कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

रुकमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको  छ । घटनाको प्रतिकारात्मक रुपमा प्रदर्शनमा सहभागिमध्ये ५ जनाले सेतो कपडा बेरेका छन् । पीडित परिवारले न्याय पाउनुपर्ने, मृतकहरुलाई शहिद घोषणा गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।