२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामाः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण, लगानी प्रवद्र्धन र पूर्वाधार विकास सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने विश्वास गर्नुभयो । उहाँले प्रभावकारी कुटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्ने प्रयास भइरहेको भन्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यबाट वैदेशिक लगानी, सहयोग र ऋण जुटाउने अवसर सिर्जना गरिएको बताउनु भयो । उहाँले खरिद ऐन र निर्माणसँग सम्बन्धित नीति तथा कानुनको पुनरावलोकन गरी संशोधनको प्रक्रिया थालिएको पनि बताउनु भयो । उहाँले व्यक्तिगत तथा संस्थागत क्षमता विकासमा सरकार केन्द्रित रहेको उल्लेख गर्दै नेपाललाई ‘ल्याण्ड लक्ड’ बाट ‘ल्याण्ड लिंक्ड’ देश बनाउने प्रयास भइरहेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्तरोन्नतिलाई दिगो बनाई राख्न केही कानून खारेज गर्ने, केही संशोधन गर्ने र केहि कानून नयाँ बनाउनु पर्ने अवस्था रहेकोले यसमा प्रक्रिया अघि बढाइएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी कुटनीतिमार्फत वैदेशिक सम्बन्ध थप सुदृढ गर्ने प्रयास भएका छन् । अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरुको कार्यान्वयनमा प्रभावकारिता बढिरहेको छ । द्विपक्षीय बहुपक्षीय सहकार्यबाट पनि अन्तर्राष्ट्रिय सहयोग जुटाउन, लगानी वृद्धि गर्न र ऋण लिन पनि सहयोग पुग्ने गरी अवसर जुटेको छ । खरिद ऐन, निर्माणसँग सम्बन्धित नीति तथा कानूनहरुको अध्ययन गरी संशोधन गर्नेतर्फ केन्द्रित छ । व्यक्तिगत एवं संस्थागत क्षमता विकासमा जोड दिइएको छ । पूर्वाधार तथा कनेक्टिभिटी बढाई नेपाललाई ल्याण्ड लक्डबाट ल्याण्ड लिंक्ड देश बनाउने प्रयास भएका छन् । बहुराष्ट्रिय कम्पनिमार्फत मूल्य श्रृंखलाको विकासमा जोड दिने प्रयास गरिएको छ । निजि क्षेत्रमा पर्ने प्रभाव, श्रम तथा रोजगारको क्षेत्रमा गर्नुपर्ने सुधार एवं व्यापारमा पर्ने प्रभावका सम्बन्धमा सरकारले आवश्यक रणनीति तय गरेको छ । सबै पक्षबाट सहयोग जुटाएर नेपालको यो स्थानान्तरण दिगो बनाउने कुरामा नेपाल सरकार लागि परेको छ ।’

प्रधानमन्त्री ओलीले नेपाल सरकार सबै पक्षसँग सहकार्य गर्दै देशको रुपान्तरणलाई दिगो बनाउने लक्ष्यमा दृढ रहेको स्पष्ट पार्नुभयो ।