२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति कोटाको मनोनयनसूची सार्वजनिक



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरेको छ ।

यस चरणमा विज्ञानमा ४१४ जना, व्यवस्थापनमा १०६ जना, मानविकी एक जना, शिक्षा सङ्कायमा तीन जना र कानुनमा ३० जना गरी जम्मा ५५४ जना विद्यार्र्थी छनोट भएको कामपाले जानकारी दिएको छ । कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीका अनुसार पहिलो चरणको मनोनयन सूची साउन ६ मा प्रकाशित भई साउन ९ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना प्रक्रिया सम्पन्न भएको थियो । मनोनयन रिक्त सिटहरूमा आवेदनको प्राथमिकताक्रम र कोटाका आधारमा दोस्रो मनोनयन सूची सार्वजनिक गरिएको हो ।

मनोनयन भएकाले यही साउन १५ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना हुनुपर्ने छ । तोकिएको मितिभित्र भर्ना नभएमा छात्रवृत्तिमा दाबी गर्न नपाइने ज्ञावालीले जानकारी गराउनुभएको छ । पहिलो र दोस्रो चरणमा मनोनयन हुन नसकेका तर परीक्षामा उत्तीर्ण विद्यार्र्थीका लागि साउन १६ गतेपछि रिक्त सिटमा भर्नाको अवसर प्रदान गर्न विषय र कलेज प्राथमिकतासम्बन्धी सूचना प्रकाशित हुने विभागको भनाइ छ ।

मनोनयन सूची योग्यताक्रम र विद्यार्र्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा तयार गरिएको छ । छनोट भई पढ्नका लागि सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौँ महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्र्थीलाई प्राथमिकता दिइएको छ । आरक्षण कोटामा छात्रा, आदिवासी र जनजाति, मधेसी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएका, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र बेपत्ता द्वन्द्वपीडित परिवारका विद्यार्र्थी समावेश छन् ।

विसं २०८२ साउन ३ गते ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४ हजार १७३ विद्यार्थी सहभागी भएका थिए । कक्षा १० को पाठ्यक्रममा आधारित उक्त परीक्षामा गणित, विज्ञान र अङ्ग्रेजीबाट ३०–३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कूल १०० बहुवैकल्पिक प्रश्न समावेश थिए । प्रारम्भिक नतिजा साउन ४ मा र पुनर्योगको नतिजा साउन ६ गतेमा प्रकाशित भएको थियो ।