२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुरका थप दुई जनामा कोरोना संक्रमण



अ+ अ-

चितवन । भरतपुरको कोभिड–१९ प्रयोगशालामा भएको परीक्षणमा नवलपुरको देवचुली नगरपालिकाका थप दुई जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले शुक्रबार बिहान सूचना निकालेर यसको जानकारी गराएको हो ।

उनीहरू देवचुलीका ११ र १५ वडाका बासिन्दा हुन् । दुवै युवक जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा रहेका थिए । जेठ १४ गते भएको नमुना परीक्षणमा उनीहरूलाई संक्रमण देखिएको हो । त्यस दिन ७१ वटा नमुना परीक्षण भएका थिए ।

यससहित चितवनमा १७ सय ५ वटा नमुना परीक्षण भएका छ । जसमध्ये १० जनामा संक्रमण भेटिएको छ । चार जना देवचुलीकै छन् । कुल संक्रमितमा नवलपुरका पाँच र चितवनका पाँच जना छन् । चितवनका दुई जना निको भएर फर्केका छन् । कान्तिपुर दैनिक