१६ असार २०८३, मंगलवार
,
Latest
झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

“नेपालभित्रका घटनाक्रमलाई नियालीरहेका छौं” – भारत



अ+ अ-

काठमाडाैंः भारतीय विदेश मन्त्रालयले नेपालमा सीमा सम्बन्धी विषयमा भइरहेका पछिल्ला घटनाक्रमका बारेमा नजिकबाट नियालीरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ताले बिहीबार जारी गरेको विज्ञप्तिमा “हामीले यस विषयमा नेपालभित्र निकै सावधानीपूर्वक विचारविमर्श भएको ठानेका छौं” भन्दै यस मामिलाको गम्भीरतालाई नेपालले विशेष ध्यान दिएको विश्वास गरिएको उल्लेख छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “भारत आफ्ना सबै छिमेकी मुलुकसँग विश्वास एवं आत्मविश्वासको वातावरणबीच आपसी संवेदनशीलता र आपसी सम्मानका आधारमा वचनवद्ध हुन खुला रहेको छ ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “यो निरन्तरको प्रक्रिया हो र यसका लागि रचनात्मक र सकारात्मक प्रयत्न जरुरी छ ।”

भारतले नेपालको समग्र विकास प्रयासमा निरन्तर सहयोग र समर्थन गरिआएको चर्चा गर्दै विज्ञप्तिमा पछिल्ला वर्षहरुमा दुई देशबीचको सम्बन्ध अझ उचाईमा पुगेका तथा द्विपक्षीय सहयोगमा विविधता ल्याइएको उल्लेख छ । भारतीय सहयोगमा नेपालमा ठूला र निकै महत्वपूर्ण परियोजनाहरु सम्पन्न भएको जनाइएको छ ।

कोविड–१९ को चुनौतीपूर्ण दिनहरुमा पनि भारतले नेपालसँग निर्वाध व्यापार र औषधि समेतका अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको भन्दै भारतले नेपालमा मेडिकल सामग्रीको आपूर्ति पनि गरेको विज्ञप्तिमा स्मरण गराइएको छ ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाइ समेटेर नेपालकाे नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि भारतले दाेस्राे विज्ञप्ति प्रकाशन गरेकाे हाे । भारतले उक्त क्षेत्र भारतकाे रहेकाे भन्दै हालै एउटा सडक निर्माण गरी उद्घाटन गरेकाे छ ।