काठमाडौं । नेपाल सरकारले सुरक्षाकर्मीको पोशाक, जुत्ता र खाद्यान्न अब स्वदेशमै उत्पादन गर्ने भएको छ । यसअघि विदेशबाट यस्ता सामग्रीहरू खरिद गरिँदै आएकोमा अबदेखि यी सबै स्वदेशमै उत्पादन गरिने भएको हो । जसबापत राज्यको ठूलो धनराशी बाहिरिँदै आएकोमा अब स्वदेशमै उत्पादन गर्न लागिएको हो ।
अर्थमन्त्री युवराज खतिवडाले आज संसद्मा आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै यो कुराको जानकारी दिएका हुन् । उनले बजेट भाषणमा भने- सुरक्षाकर्मीको पोशाक, जुत्ता, खाद्यान्नको उत्पादन अब स्वदेशमै गरिने छ ।












