२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा अर्थमन्त्रीको बजेट भाषण सुरु



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा तथा राष्टिय सभाको आजको संयुक्त बैठक भर्खरै शुरु भएको छ । बैठक सुरु भएसँगै सभामुखले अर्थमन्त्री डा.युवराज खतिवडालाई आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्न लागि समय दिएपछि अर्थमन्त्री डा।खतिवडाले बजेट भाषण शुरु गर्नुभएको छ । 

यो बजेटमा नयाँ कुनै कार्यक्रमहरु घोषणा नहुने कुरा सरकारले यसअघि नै विभिन्न संकेतहरु दिइसकेको छ । विश्वमा फैलिएको कोरोना भाइरसको महामारीले नेपाललाई पनि क्षति पुगेको छ । यहाँ पनि महामारीका संक्रमितहरुको संख्या एक हजार नाघिसकेको छ । 

त्यसैले नेपाल सरकारले यसवर्षको बजेटमा पनि सो संक्रमणको नियन्त्रणमा जोड दिने बताइएको छ । त्यसैगरी नेपालका लाखौँ युवा वैदेशिक रोजगारीमा रहेकोमा ती देशमा कोरोनाको महामारीबाट स्वदेश फर्किनुपर्ने अवस्था छ । यसरी विगतमा रेमिटेन्सले धानेको नेपालको अर्थतन्त्रमा अब आगामी दिनमा के होला भनेर पनि चिन्ता बढेको छ । त्यसैले यो अवस्थामा ती युवाको व्यवस्थापनका साथै उनीहरुलाई नेपालमै कृषि कर्ममा लगाउने बारेमा सरकारले कृषि तथा स्वदेशमै स्वआर्जनका कार्यक्रमहरु घोषणा गर्ने अनुमान गरिएको छ ।