१६ असार २०८३, मंगलवार
,
Latest
झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, बिहीवार कुन कुन जिल्लामा भेटिए नयाँ संक्रमित



अ+ अ-

काठमाडौं । बिहीबार एकैदिन थप १ सय ५६ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । बिहीबार विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा २ सप्तरीका जनामा पोजेटिभ देखिएको छ । यस्तै कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २५ जनामा संक्रमण देखिएको मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । यस्तै भरतपुर अस्पतालमा नवलपुरका १ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा गरिएको परीक्षणमा ७७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा धनुषाका ४ वर्षिया बालिका सहित २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिराहका ६ जना

दोलखाका २ जना र सोलुखुम्बुका १ जनामा पोजेटिभ देखिएको हो । यस्तै सुर्तेतमा गरिएको परीक्षणमा २३ जनाको पोजेटिभ आएको छ । जसमा बझाङका १ जना सुर्खेतका २ वर्षिया बालिका सहित १३ र दैलेखका ८ जना रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । गण्डकी प्रदेशको प्रयोगशालामा गरिउको परीक्षणमा ३ जनाको पोजेटिभ देखिएको छ । हेटौडामा भएको परीषणमा हेटौडाका एक, भेरी अस्पतालमा गरीएको परीक्षणमा बर्दियाका ३ र नेपालगञ्जका १ जनामा गरी ४ जनामा पोजेटिभ देखिएको छ । यस्तै धुलिखेलमा भएको परीक्षणमा रौतहटका १७ जनामा पोजेटिभ देखिएको छ । सुदूरपचिमा थप ३ जनामा संक्रमण देखिएको छ । दार्चुलाका १ र कैलालीका २ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । बुधबार ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षिया पुरुषको मृत्यु भएको हो । किस्ट अस्पतालमा उपचाररत उनको कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनी ११ गते किस्ट अस्पतालमा भर्ना भएको थिए । आइसियुमा उचार गराइरहेका ती पुरुष कलेजो सम्बन्धि रोगबाट पीडित थिए । १२ गते नमुना परीक्षण भएकोमा हिजो उनको मृत्यु भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

यस्तै अहिले देशका विभिन्न अस्पतालमा ८ सय ५० जना संक्रमित आइसोलेसनम उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा  ९९, प्रदेश नम्बर २ मा ३ सय १३, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा १५, प्रदेश नम्बर ५ मा  ३ सय २९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

बिहीबारसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आरडिटी विधिबाट १ लाख २ हजार ३४ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय १९ र आरडिटी विधिबाट १ हजार ७ सय ४७ जनाको नमुना परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर १ मा ११ हजार ३ सय २२, प्रदेश नम्बर २ मा  ६ हजार ६ सय १७, बागमती प्रदेशमा २४ हजार ८ सय ६४ र गण्डकी प्रदेशमा ७ हजार ९ सय ५० जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १८ हजार ७ सय ९४, कर्णाली प्रदेशमा ११ हजार ३ सय ५२ र सुदूरपश्चिम प्रदेशमा २१ हजार १ सय ३५ जनाको आरडिटी परीक्षण भएको छ ।

त्यसैगरी प्रदेश नम्बर १ मा २ हजार ९१, प्रदेश नम्बर २ मा १४ हजार १४, बागमती प्रदेशमा १ हजार ६ सय ३१ र गण्डकी प्रदेशमा २ हजार २ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा  २९ हजार १ सय ५८, कर्णाली प्रदेशमा १४ हजार ८ सय ३४ र सुदूरपश्चिम प्रदेशमा २२ हजार २ सय १५ जना गरी देशभरी ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन् ।