१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादमा तानिएका स्वास्थ्य सचिव कोइरालाको तिन महिना नपुग्दै सरुवा



अ+ अ-

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरूवा गरेको छ । कोइरालालाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ भने नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई पठाइएको छ ।

गत १८ फागुनमा बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्य सचिवमा सरूवा गरेपनि तर  स्वास्थ्यमा आएदेखि विवादमा तानिएका थिए । डाक्टरहरुलाई गाली गरेको भन्दै उनको आलोचना समेत भएको थियो । कोइराला स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना  नपुग्दै डाक्टर शेरबहादुर पुनको विवादको योजनकार उनी नै भएको आरोप लागेको थियो ।

स्वास्थ्य मन्त्रालयको कर्मचारीहरुसँग पटक-पटक विवाद भएकाले कोरोना नियन्त्रणमा समन्वय हुन सकेको थिएन ।

अर्याल भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए ।