२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी भूमिमा षड्यन्त्र गरेको पश्चिमा आरोप ‘आधारहीन’ भएको इरानको दावी



अ+ अ-

एजेन्सी । तेहरानले पश्चिमा मुलुकका विद्रोही, पत्रकार र अधिकारीलाई मार्ने वा अपहरण गर्ने प्रयास गरेको भन्ने अमेरिका र उसका एक दर्जनभन्दा बढी सहयोगी राष्ट्रको आरोपलाई शुक्रबार खण्डन गरेको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले एक विज्ञप्ति जारी गर्दै उक्त दाबीलाई ‘आधारहीन’ भन्दै यसलाई ‘प्यालेस्टाइनमा भएको नरसंहार’ भन्ने आजको सबैभन्दा महत्वपूर्ण मुद्दाबाट जनताको ध्यान मोड्ने प्रयास भएको बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनीलगायत पश्चिमा सरकारहरूले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “आफ्नो देशमा इरानी गुप्तचर सेवाहरूबाट बढ्दो सङ्ख्यामा खतराको देखिएको र यसको यसको सशक्त निन्दा गरिन्छ।”

“हाम्रो सार्वभौमिकताको ठाडो उल्लङ्घन गर्दै युरोप र उत्तर अमेरिकामा मानिसहरूलाई मार्ने, अपहरण गर्ने र उत्पीडन गर्ने इरानी गुप्तचर सेवाहरूको प्रयासको विरोधमा हामी एकजुट छौं,” विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “यी सेवाहरूले पत्रकार, विद्रोही, यहूदी नागरिक र युरोप र उत्तरी अमेरिकाका वर्तमान र पूर्व अधिकारीहरूलाई लक्षित गर्न अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनसँग सहकार्य गरिरहेका छन्।”

बाकाईले भन्नुभयो, “आरोपहरू ‘स्पष्टरूपमा मनगढन्ते र महान इरानी राष्ट्रमाथि दबाब सिर्जना गर्ने’ उद्देश्यले दुर्भावनापूर्ण ‘इरानोफोबिया’ अभियानको एक भागको रूपमा डिजाइन गरिएको देखिन्छ।