१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक गणतान्त्रक व्यवस्थाबाटै समृद्धि प्राप्त हुन्छ: मुख्यमन्त्री गुरुङ



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वमा लोकप्रिय र समृद्ध पद्धतिका रूपमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हामी सबैका लागि गर्वको विषय भएको बताएका छन् ।

गणतन्त्र दिवस २०७७ को अवसरमा आज प्रकाशित शुभकामना सन्देशमा उनले मुलुकमा सङ्घीय लोकतान्त्रिक व्यवस्था प्राप्तिका लागि भएका शान्तिपूर्ण जनआन्दोलन, सशस्त्र सङ्घर्षलगायत न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्नुहुने महान् शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता एवं घाइते योद्धाप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा विश्व मानव सभ्यता र मानव जातिकै अस्तित्वका लागि चुनौती बनेर आएको साझा शत्रु कोभिड–१९ का विरुद्ध एकताबद्ध भइ लडिरहेका छौँ, यसमाथि पूर्ण विजय प्राप्ति गर्नका लागि आजको दिनले हामी सबैलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

गणतन्त्र दिवस केवल शासन प्रणालीमा मात्र नभइ हाम्रो जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत गर्दै सामाजिक न्याय र न्यायपूर्ण वितरणसहितको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्दा नै गणतन्त्र दिवसप्रतिको अर्थपूर्ण स्मरण हुनेछ शुभकामना सन्देशमा उल्लेख छ ।