२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकाली सन्धी कार्यान्वयनको लागि कुटनीतिक पहल आवश्यकः उप–महानिर्देशक बराल



अ+ अ-

काठमाडौँ । जलस्रोत तथा सिंचाई विभागका उप–महानिर्देशक मित्र बरालले महाकाली सन्धि कार्यान्वयन नहुँदा सिंचाई आयोजनाहरु प्रभावहिन भएको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निर्मार्णधिन सिंचाई नहरहरुमा सन्धिअनुरुप पानी सदुपयोग गर्न नपाएको बताउनु भयो । उहाँले महाकाली सन्धिअनुरुप पानी उपयोग गर्न अझै संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यसको लागि कुटनीतिक पहलको आवश्यकता रहेको बताउनु भयो । उपमहानिर्देशक बरालले राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाको लागि जग्गा अधिग्रहण, कित्ताकाट, लगतकट्टा लगायत कार्य सम्पन्न गर्न छुट्टै नापी टोलीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाको लागि जग्गा अधिग्रहण, कित्ताकाट, लगतकट्टा लगायत कार्य सम्पन्न गर्न छुट्टै नापी टोलीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन्छ । टनकपुर मूल नहरको जाँच आयोजनाको प्रश्ताव तयार भई एनएचपीसी भारतीयलाई पठाइसकेको भएपनि हालसम्म हामीले सन्धिअनुरुपको पानी उपयोग गर्न पाउने अधिकार सुनिश्चित भइनसकेको हुँदा त्यसतर्फ कुटनीतिक पहल अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको छ । दोधारा–चाँदनी सिंचाईको लागि पनि हामीले सन्धीअनुसार पानी उपयोग गर्न पाएका छैनौं । यसमा कुटनीतिक पहल आवश्यक छ ।’

जलस्रोत विकासमा आपसीमैत्री तथा घनिष्ठ छिमेकीपनको सम्बन्ध प्रवद्र्धन गर्ने प्रतिवद्धताअनुसार २९ माघ २०५२ मा नेपाल–भारतबीच महाकालि सन्धिमा हस्ताक्षर भएको थियो । उक्त सन्धि कार्यान्वयन हुन नसक्दा शारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर परियोजनाको काम समेत प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन ।