२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्ना तीन सांसदलाई मन्त्री बनाउनुपर्ने सर्तमा बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, अब बानियाँ मुख्यमन्त्री



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज राजीनामा दिने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा हिजो दोस्रो पटक छलफलपछि लामा राजीनामा दिन तयार भएका हुन् । उनले आफ्ना तीन जना सांसदलाई मन्त्री बनाउनुपर्ने सर्त भने राखेका छन् ।

राजीनामापछि कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

आफ्नो पक्षका १४ सांसदसहित लामा र मुख्यमन्त्रीका दाबेदार बानियाँबीच छलफल भएको थियो । सभापति देउवाको उपस्थितिमा भएको बैठकमा सरकार सञ्चालन र मन्त्री भागबन्डामा सहमतिपछि लामा राजीनामा दिन तयार भएका हुन् ।

नयाँ सरकारमा लामा पक्षले प्रस्ताव गरेका कम्तीमा तीन मन्त्रीको सहभागिता हुनुपर्ने सहमति भएको छ । उनले आर्थिक मामिला तथा योजना मन्त्रालय आफ्नो पक्षले पाउनुपर्ने माग पनि गरेका छन् ।

दुई दलीय सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसका ८ र एमालेका ६ मन्त्री थिए ।

आन्तरिक विवादका कारण कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिएपछि सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन काफ्ले र सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी मात्रै छन् । राजीनामा दिएका पाँच मन्त्री बानियाँको पक्षमा छन् ।




भर्खरै