२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०३० सम्ममा वार्षिक १६ लाखको हाराहारीमा पर्यटक भित्रनसक्ने प्रक्षेपण



अ+ अ-

काठमाडौँ । पछिल्लो सयम पर्यटकहरुको आवागमनमा उल्लेख्य वृद्धि भएसँगै आगामी २०३० सम्ममा नेपाल घुम्न आउने पर्यटकको संख्या १६ लाखको हाराहारीमा पुग्ने सरकारी अधिकारीहरु प्रक्षेपण गरेका छन् ।

उनीहरुकाअनुसार हवाई पूर्वाधारदेखि नेपाल एयरलाइन्ससम्मले गन्तव्य बढाउनसके पर्यटकको संख्यामा भारी रुपमा वृद्धि हुनेछ । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रवन्धक सूर्य थपलियाकाअनुसार अहिले पर्यटक आगागमनको क्रमलाई हेर्दा सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक आगागमन भएको छ ।

उहाँले सन् २०२४ को जुलाइको आँकडा हेर्दा बढेको बताउनु भयो । यसरी पर्यटक वृद्धि २०२५ मा करिव १२ लाख पर्यटक आगागनको हाराहारीमा पुगिनेछ । त्यसो त,  नेपाल एयरलाइन्स बाहेक अन्य हवाई उडान सेवा प्रदायकको उडानका कारण पर्यटकको संख्या पनि बढ्ने हुन्छ । तर नेपाल एयरलाइन्सको गन्तव्यमा बढाउनैपर्छ । नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक नेपाल आएका छन् । जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना, तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना, बंगलादेशबाट ४ हजार ४ सय १३ जना  र बेलायतबाट ३ हजार ५ सय ४७ जना पर्यटक नेपाल आएका छन् ।

बोर्डका वरिष्ठ प्रवन्धक थपलियाले भन्नुभयो–‘भारत चीन अमेरिका श्रीलका बंगलादेशका लगायतबाट नेपालमा बढि पर्यटक आउने गरेका छन् । हवाई यात्रा हुँदै भारतबाट कम पर्यटक आएको देखिएपनि सडकमार्ग हुँदै भारतीय पर्यटक धेरै आउने गरेका छन् । २०१९ मा १२ लाखसम्म पर्यटक आएको आकडा थियो । २०२५ अहिले १२ लाखको नजिक नजिकमा छौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको हवाई विस्तार हुनुपर्छ । अन्तर्राष्ट्रिय बजारमा जुन हवाई मूल्यको प्रतिष्पर्धा हुन्छ । यसमा खरो उत्रन हाम्रो आफ्नै राष्ट्रिय ध्वजावाहक चाहिन्छ । अहिले नेपाल एयरलाइन्सको गन्तव्य ८–१० ओटा मात्रै छ, यो दोब्बर भएको खण्डमा सन् २०३० सम्ममा १५–१६ लाखको हाराहारीमा पर्यटक भित्राउन सकिनेछ ।’

भारत, चीन, श्रीलंकादेखि अमेरिकनहरु नेपाल घुम्न आउनेक्रम ह्वात्तै बढेको छ । यसले पर्यटन क्षेत्रलाई राम्रो फाइदा पु¥याएको छ भने अर्बौं लगानीमा खुलेका होटलहरु समेत चलायमान हुन पाएका छन् । पर्यटक आउनेक्रम बढ्दा मुुलुकलाई भित्रने विदेशी मुद्रामा समेत वृद्धि हुने गरेको छ ।