२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहकार्य



अ+ अ-

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र नेपलिज डक्टर्स एसोसिएसन बेलायतकाबीचमा आँखा उपचारका क्षेत्रमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बेलायतमा रहेका नेपाली चिकित्सकको संस्थाको ४० औँ वार्षिकोत्सवका अवसमा आइतबार आयोजित कार्यक्रममा उक्त समझादारीपत्रमा हस्ताक्षर गरिएको हो । समझादारीपत्रमा सङ्घका तर्फबाट केन्द्रीय सदस्य प्राडा सबिना श्रेष्ठ र एसोसिएसनका तर्फबाट अध्यक्ष सञ्जीव नेपालीले हस्ताक्षर गर्नुभएको सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सङ्घकी सदस्य प्राडा श्रेष्ठका अनुसार नेपालमा आँखा उपचार सेवाका विकास र विस्तारको उद्देश्यसहित दुई संस्थाका बीचमा सहकार्य भएको हो । उहाँले एसोसिएसनले नेपालमा सञ्चालन हुने आँखा उपचार सेवासम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्वयंसेवी सेवामा संलग्न हुन इच्छुक योग्य नेत्र विशेषज्ञ तथा आँखाका स्वास्थ्यकर्मीलाई नेपालमा परिचालन गर्ने जानकारी दिनुभयो ।

त्यसैगरी आँखा उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधिको व्यवस्थापनका लागिसमेत एसोसियसनले समन्वय गर्नेछ ।

एसोसिएसनले नेपालमा विभिन्न नि:शुल्क उपचार शिविरसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

विसं २०३५ मा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घ  नेपालकै अग्रणी गैर–सरकारी संस्था हो । यसले सुलभ र गुणस्तरीयय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ ।

२८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत सङ्घले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ, भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ । रासस