२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबारे अमेरिकाले षड्यन्त्र र झूटहरू फैलायो: चीन



अ+ अ-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले कोभिड–१९ विश्वव्यापी रूपमा फैलिनुमा चीन मुख्य जिम्मेवार रहेको आरोप लगाउँदै आएका छन् । चीनको वुहानस्थित प्रयोगशालाबाट भाइरस फैलिएको उनीहरूको दाबी छ । राष्ट्रपति ट्रम्प र विदेशमन्त्री पोम्पियोप्रति इंगित गर्दै वाङले अमेरिकाका नेताहरू राजनीतिक भाइरसबाट संक्रमित भएकै कारण चीनलाई बारम्बार आक्रमण गरिरहेको प्रतिक्रिया दिएका छन् । उनले अमेरिकालाई कोभिड–१९ को महामारी नियन्त्रणका क्षेत्रमा क्रियाशील रहन र मूल्यवान नागरिकको जीवन बचाउन सुझावसमेत दिएका छन् । कोभिड–१९ पहिलो पटक चीनको वुहानमा सन् २०१९ को डिसेम्बरमा देखिएको थियो । भाइरस फैलन सुरु भएसँगै अमेरिका र बेइजिङबीच तनाव चुलिँदै गएको थियो । चीनले भाइरसको प्रकोप लुकाउन खोजेको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप छ । नोभेम्बरमा हुने चुनावमार्फत उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति हुन खोजिरहेका छन् । तर भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासका कारण उनी देशभित्र निकै आलोचित भइरहेका छन् ।

तर विदेशमन्त्री वाङले विश्वको जनस्वास्थ्यको सुरक्षाका लागि चीनले सुरुदेखि नै जिम्मेवारपूर्वक काम गरेको बताए । ‘राजनीतिक भाइरस’ को प्रयोग चीनमाथि हमला गर्न तथा बदनाम गर्ने अवसरका रूपमा लिइएको उनको दाबी छ । वाङले भने, ‘केही राजनीतिज्ञले आधारभूत तथ्यलाई पूर्ण रूपमा बेवास्ता गर्दै चीनलक्षित झूट सिर्जना गर्छन् र षड्यन्त्र खडा गर्छन् ।’ चिनियाँ विदेशमन्त्री वाङले ‘अमेरिका क्रियाशील केही राजनीतिक शक्तिले दुई देशबीचको सम्बन्धलाई बन्धक बनाएको’ बताए । उनले त्यस्तो राजनीतिक शक्तिबारे थप प्रस्ट नपारे पनि नयाँ शीतयुद्धका लागि क्रियाशील रहेको जनाए । ‘त्यस्ता शक्तिले दुई देशलाई एउटा नयाँ शीतयुद्धको संघारमा धकेल्न चाहन्छन्,’ वाङले भने ।

भाइरस नियन्त्रण तथा रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को भूमिका र चीनले प्रकोप लुकाएको आरोपमा मुद्दा लगाउनेजस्ता विषयमा ट्रम्प र बेइजिङबीच लामो समयदेखि आरोपप्रत्यारोप जारी छ । यसै सन्दर्भमा कुरा गर्दै वाङले ‘चीनमाथि मुद्दा लगाउने विषयलाई ‘दिवास्वप्न’ को संज्ञा दिए । ट्रम्पले डब्लूएचओ चीनको कठपुतली भएको जनाउँदै एक पत्र लेखेका थिए । संगठन प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससलाई लेखेको पत्रमा ट्रम्पले अमेरिकाको तर्फबाट डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने चेतावनी दिएका थिए । पत्रमा ट्रम्पले ३० दिनभित्र डब्लूएचओले आफूलाई निकै सुधार गर्नुपर्ने सुझाव दिएका थिए । त्यसलगत्तै डब्लूएचओको आफ्नो कामबारे समीक्षा गर्न सहमत रहेको जनाएको थियो । तर वाङले संगठनको कामको प्रशंसा गर्दै चीनले पूर्ण रूपमा समर्थन गर्ने बताए । ‘डब्लूएचओलाई सघाउनु भनेको जीवन बचाउन सघाउनु हो । कस्तो नतिजा बेहोर्ने भन्ने कुरा त्यो देशको रोजाइ हो,’ उनले भने । भाइरसको उत्पत्तिबारे अन्तर्राष्ट्रिय वैज्ञानिकलाई अनुसन्धान गर्न चीनले अनुमित दिनुपर्ने डब्लूएचओको मागबारे भने वाङले केही बताएनन् । कान्तिपुर दैनिक