नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा पार्टीका सबैखाले एजेण्डाहरुमाथि छलफल भएको बताउनुभएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सबैखाले एजेण्डाहरुमा पार्टीमा वृहत छलफल भएको बताउनु भयो । उहाँले राजनीतिक, सांगठनिक सबैखाले विषयहरुमा छलफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सबै एजेण्डाहरुमा पार्टीमा गम्भीर छलफल भयो । वैचारिक, राजनीतिक सांगठनिक, विधि सबैमा छलफल भए । छलफलको उच्च निष्कर्ष निस्किएको छ ।’
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले तराई मधेसमा देखिएको पानीको संकटप्रति ध्यानाकर्षण भएको जनाएको छ ।











