२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी बैठक : अडानमा अडिएका जनार्दन र गलाउन खोजेका प्रचण्ड



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पार्टीभित्रको लामो समयदेखिको अन्तरद्वन्द्वका विषयमा निकै गहन छलफल भयो । तर अन्नत परिणाम कुनै निकाल्न सकेन । बरु पार्टीभित्रको विवादलाई अझै बढाउने देखिएको छ ।

विशेष गरी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीचको टकरावका विषयमा बैठकमा लामो छलफल भयो । आगामी वैशासम्म हुने भनिएको महाधिवेशनअगाडिको दाहला र शर्माबीचको रस्साकस्सीलाई समाधान गर्ने प्रयास भयो । तर त्यो प्रयासले सार्थकता पाउन सकेको छैन ।

बैठकले उपमहासचिव शर्मालाई दुई महिनाभित्र आत्मालोचना गर्न दबाब बढाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट स्थायी समिति सदस्यहरूले पार्टी नेतृत्वको विषयमा बाहिर टिप्पणी गरेको भन्दै केन्द्रीय समितिको बैठक बस्नुअघि शर्मालाई आत्मालोचना गर्न दबाब दिएका हुन् ।

आगामी दशैंपछि र तिहार अघि केन्द्रीय समितिको बैठक बोलाउने भनिएको छ । त्यसअघि उपमहासचिव शर्मालाई आत्मालोचना गर्न दबाब दिइएको हो । तर यो विषय माइन्युटमा लेखिएको छैन ।

त्यसो त बैठकमै पनि अध्यक्ष दाहालले शर्मालाई आत्मालोचना गर्न निर्देशन दिएका थिए । तर शर्माले पनि अध्यक्षले आत्मालोचना गरे मात्र आफूले गर्ने अडान राखेपछि यो विषय बैठकको माइन्युटमा नलेखिएको हो ।

बैठकमा माइन्युटमा सही नगरेको विषयमा शर्माले गल्ती स्वीकार गर्दै त्यसमा सही गर्ने बताएका थिए । तर नेतृत्वको कमजोरीबारे प्रश्न उठाउँदा पार्टी कमजोर नभई झनै बलियो हुँदै गएकाले आफूले त्यसमा आत्मालोचित हुनुपर्ने विषय नै नभएको बताएका थिए । बैठकले केन्द्रीय महाधिवेशनका बारेमा समेत कुरा उठाएको छ । २०७९ सालमै निर्णय गरिसकेको विषय उठान गर्दै आगामी केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने बताइएको छ ।

उपमहासचिव शर्माले अध्यक्ष दाहाललाई चुनौती दिँदै आएका छन् । दाहालले गरेका काममा तीव्र असन्तुष्टि राख्दै आएका उनी नेतृत्व परिवर्तनको पक्षमा छन् ।

विशेष गरेर उपमहासचिवबाट महासचिव नबनाएपछि असन्तुष्ट बनेका शर्माले २०७८ पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनयता नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको अभियान चलाइरहेका छन् ।

शर्माले २०८० फागुनमा आयोजित स्थायी समिति बैठकमा असहमतिका विषयहरू राखेका थिए । २०८१ साउनको स्थायी समिति बैठकमा त उनले १४ पृष्ठ लामो फरक मत नै दर्ज गराएका थिए । अहिलेसम्म आइपुग्दा पार्टी नेतृत्वलाई आलोचना मात्र गरेको भन्दै आत्मालोचना गर्नुपर्ने भन्दै दबाब खेप्न उनी बाध्य भएका छन् ।

अध्यक्ष दाहाल भने उपमहासचिव शर्मालाई जसरी पनि गलाउने रणनीतिमा छन् । स्थायी समिति बैठकमा अध्यक्ष दाहालकै निर्देशनअनुसार धेरैजसो सदस्यहरुले उपमहासचिव शर्माको आलोचना मात्र गरेनन् अध्यक्षलाई देवत्वकरणको प्रयास नै गरे ।

अब अध्यक्ष दाहालले शर्मालाई थप दबाबमा पार्न नेकपाका महासचिव नेत्रविक्रम शाहलाई पार्टीमा भित्र्याउने तयारी गरेका छन् । त्यसपछि पार्टी महासचिव चन्दलाई नै दिने तयारी छ । स्थायी समिति बैठकले चन्दलाई पार्टीमा ल्याउने वार्ता गर्ने निर्णय गरेको छ ।

यसअघि माओवादी केन्द्रले माधव नेपाल नेतृत्वको समाजवादी पार्टीसँग पनि एकता गर्ने जनाएको थियो । चन्दलाई ल्याएर पार्टी महासचिव बनाउने र शर्मालाई दबाबमा राख्ने योजना अध्यक्ष दाहालले अपनाएको देखिन्छ ।




भर्खरै