२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बानियाँको मन्त्रिमण्डल गठनमै विवाद, लामा असन्तुष्ट हुँदै शपथ समारोहबाट बाहिरिए



अ+ अ-

हेटौंडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा नयाँ मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँप्रति असन्तुष्टि जनाउँदै शपथ समारोहमै बाहिरिएका छन्। आफूले सिफारिस गरेका मन्त्रीहरुलाई सरकारमा नसमेटिएको भन्दै लामाले असहमति जनाएका हुन्।

लामाका अनुसार, सभापति शेरबहादुर देउवाको सहमतिअनुसार आफूले गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री बनाउने सर्तमा राजीनामा दिएका थिए। तर नयाँ मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले ती सहमति कार्यान्वयन नगरेको भन्दै उनले सार्वजनिक रुपमा आपत्ति जनाए।

लामाले भने, “सभापतिज्यूको सहमति अनुसार मात्रै मैले पद छाडेको थिएँ, तर त्यो मानेनन्। यसले गलत नजिर बसायो।” लामाले यो घटनालाई संविधानविरोधी र राजनीतिक संस्कार बिथोल्ने खालको भनेर टिप्पणी गर्दै सहमति कार्यान्वयन गराउन पार्टी सभापति देउवासँग छलफलका लागि तत्काल काठमाडौं प्रस्थान गरेका छन्।

बागमती प्रदेश सरकारको नयाँ स्वरूपमा कांग्रेस सभापति देउवाका नजिक मानिने धादिङका शिवराज अधिकारी पनि मन्त्रालयविहीन बनेका छन्। उनलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने तयारी गरिए पनि अन्तिम घडीमा नाम रोकिन पुगेपछि उनी पनि मन्त्रालय नपाएका हुन्।

मुख्यमन्त्री बानियाँले दुई मन्त्रीसहित मात्रै शपथ लिए पनि बाँकी पाँच मन्त्रालयको जिम्मेवारी हालसम्म खुलाइएको छैन। पार्टीभित्रको आन्तरिक रस्साकस्सीले मन्त्रिपरिषद् विस्तार नै अनिश्चित बनेको छ।

बानियाँलाई पार्टीका केन्द्रीय नेताहरूले आफू निकटलाई मन्त्रीमा समेट्न दबाब दिइरहेका छन्, जसले सरकार गठनको सुरुवातमै असन्तोष र विवाद जन्माएको छ।




भर्खरै